मंसिर १६, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
मंसिर २, २०७६
मन्त्रिमण्डल पुनर्गठनको चर्चासँगै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरूको भेटघाट र चहलपहल तीव्र बनेको छ ।
सोमवार बिहानैदेखि नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटार र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निवास खुमलटारमा नेताहरूको जमघट भइरहेको छ ।
आइतवार साँझ बसेको नेकपाको सचिवालय बैठकमा अनौपचारिक रूपमै भएपनि मन्त्रिमण्डल पुनर्गठनको विषय उठेको थियो ।
सोमवार साँझसम्म हट्ने र नयाँ जिम्मेवारी लिनेको नामावली टुंगिने अनुमान गरिएको छ ।
बिहान ८ बजे पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपाल अध्यक्ष प्रचण्डनिवास खुमलटार पुगेका थिए ।
प्रचण्ड र नेपालबीच बदलिँदो राजनीतिक घटनाक्रम, मन्त्रिमण्डल पुनर्गठन लगायतका विषयमा छलफल भएको खुमलटार स्रोतले जानकारी दियो ।
स्रोतका अनुसार मन्त्रिमण्डल फेरबदलमा नेता नेपालले आफ्नो भूमिकालाई मिनिमाइज गरिए सह्य नहुने आशयसहित प्रचण्डलाई सजग गराउन खोजेका थिए ।
दुई पूर्वप्रधानमन्त्रीको भेटवार्तामा प्रवक्ता नारायणकाजी श्रेष्ठ समेत सहभागी थिए ।
प्रचण्डलाई भेट्न जिम्मेवारीबाट हट्ने चर्चा चलेका केही मन्त्री सोमवारबिहानै खुमलटार पुगेका थिए । तर मन्त्रीहरूले नेता नेपाल र अध्यक्ष प्रचण्डसँग सामूहिक भेटघाट भने नगरेको स्रोतको दाबी छ ।
यता सोमवार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको एक्सन रूमबाट ‘माथिल्लो त्रिशूली थ्री ए जलविद्युत्’ आयोजनाको उद्घाटन गरेर प्रधानमन्त्री ओली बालुवाटार नफर्किंदै नेकपाका केही नेता र मन्त्रीहरूको जमघट बालुवाटारमा भइसकेको थियो ।
'मन्त्री र नेताहरू आउनेजाने क्रम बिहानैदेखिको हो,' बालुवाटार स्रोतले लोकान्तरसँग भन्यो ।' यद्यपि को–को मन्त्री प्रधानमन्त्रीलाई भेट्न गए भन्ने विषयलाई स्रोतले खुलाउन चाहेन ।
दुई अध्यक्षबीच साँझ ५ बजे भेटघाट हुने कार्यक्रम तय भएको छ । अध्यक्षद्वयको भेटघाटमा हटाउने र नयाँ ल्याउने मन्त्रीको अन्तिम नामावली टुंगो लगाइने स्रोतको दाबी छ ।
लोकान्तरसँगको कुराकानीमा केही मन्त्रीले महिनौंदेखि आफूहरू हट्ने चर्चा चलेको भन्दै त्यसले मनोवैज्ञानिक त्रास सिर्जना भएको दुखेसो पोखेका छन् ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापामगरले आफूलाई मनोवैज्ञानिक रूपमा अप्ठ्यारो परिरहेको गुनासो लोकान्तरसँग गरिन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पनि यस्तो हल्लाले मन्त्रालयको काम कारवाहीमा नै असर पर्न सक्ने गुनासो गरेका छन् ।
'मलाई टिकाइदिनुस् भनेर म कुनै नेताकोमा जाने गरेको छैन,' यादवको भनाइ उद्धृत गर्दै उनको सचिवालयका एक कर्मचारीले भने, 'मैले काम गर्न शुरू गरेदेखि मलाई सहयोग प्राप्त भएको छैन । केही समयअघि प्रधानमन्त्रीलाई राजीनामा दिने सोच बनाएको थिएँ तर उहाँले नै कन्टिन्यू गर्नुस् भनेपछि बसिरहेको अवस्था हो । तर केही समयदेखि निरन्तर चलेको हल्लाले मन्त्रालयको काम कारवाही नै प्रभावित पर्न सक्ने देखिएको छ ।'
अन्य केही मन्त्री मन्त्रिमण्डल पुनर्गठन गर्ने विषय हल्लामात्र भएको दाबी गरेपनि दौडधूपमा छन् ।
यातायातमन्त्री रघुवीर महासेठले केही दिनअघि सार्वजनिक मञ्चमै मन्त्रिमण्डल हेरफेर हुने कुरा हल्लामात्र भएको बताएका थिए । तर स्रोतका अनुसार उनले सोमवार बिहान प्रचण्डलाई भेटेर आफूलाई थमौती गरिदिन अनुरोध गरेका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...