पाकिस्तान सुपर लिग पीएसएलको ड्राफ्टमा पूर्व कप्तान पारस खड्का सहित ८ खेलाडी परेका छन् ।
सन्दीप लामिछाने यसअघि नै ड्राफ्टमा परिसकेको सन्दर्भमा थप ७ नेपाली क्रिकेटरको नाम पीएसएलको ड्राफ्टमा परेको हो ।
यी हुन्, पीएसएल ड्राफ्टमा परेका ८ नेपाली खेलाडी :
– पारस खड्का
– शरद भेसावकर
– सन्दीप लामिछाने
– सोमपाल कामी
– विनोद भण्डारी
– दीपेन्द्रसिंह ऐरी
– रोहित पौडेल
– आरिफ शेख
सन्दीपको नाम प्लाटिनम र अन्य ७ जनाको नाम सिल्भर क्याटोगोरीमा छ ।
प्लाटिनम क्याटोगोरीमा पर्नेको न्यूनतम मूल्य १ लाख ४७ हजारदेखि २ लाख १८ हजार अमेरिकी डलरसम्म छ ।
सिल्भर क्याटोगोरीमा पर्नेले १५ हजारदेखि ३५ हजार अमेरिकी डलरसम्म पाउने छन् ।
पीएसएल अक्सन डिसेम्बर ७ र ८ तारिखका लागि तय भइसकेको छ ।
लोकान्तर संवाददाता