×

NMB BANK
NIC ASIA

सिद्धबाबा सुरुङ मार्ग : बहुवर्षीय ठेक्काका लागि अर्थको सहमति, एक महिनाभित्रै टेन्डर आह्वान

मंसिर २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल–पाल्पा सडकअन्तर्गत पर्ने सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बन्ने निश्चित भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

अति नै जोखिमयुक्त यो सडक खण्डमा दुर्घटना भइराख्ने भएकाले कतिपयले यसलाई ‘मृत्युमार्ग’ पनि भन्ने गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बहुप्रतिक्षित सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्न बहुवर्षीय ठेक्काका लागि १० अर्ब १५ करोड स्रोत सुनिश्चिततासहित अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सहमति प्रदान गरेको छ ।


Advertisment
Nabil box
Kumari

मन्त्रालयका शाखा अधिकृत मनोज रेग्मीले कानूनबमोजिम बहुवर्षीय ठेक्काको माध्यामबाट निर्माणको खरिद प्रक्रिया अगाडि बढाउन सहमति प्रदान गरिएको जानकारी दिए ।

Vianet communication
Laxmi Bank

हेर्नुहोस्, अर्थको पत्र :

टेन्डर आह्यान गर्न बाटो खुला

सुरुङ मार्गका लागि अब टेन्डर आह्वान गरिने सडक विभागका महानिर्देशक केशव शर्माले लोकान्तरलाई जानकारी दिए ।

‘हामीले छिट्टै डकुमेन्ट तयार पार्छौं,’ महानिर्देशक शर्माले लोकान्तरसँग भने, ‘अबको एक महिनाभित्र टेन्डरमा जान्छौं ।’

नेपाल सरकार आफैंले बनाउन लागेको यो पहिलो सुरुङ मार्ग भएको उनको भनाइ छ ।

गत वर्ष स्वीस प्राविधिक टोलीले एकसाता लामो भौगोलिक अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

नेकपा महासचिव विष्णु पौडेल अर्थले स्रोतको सुनिश्चिततासहित सहमति दिएसँगै सुरुङ मार्ग निर्माण प्रक्रियामा ‘ब्रेक थ्रु’ भएको बताउँछन् ।

यो परियोजना निर्माणको अवधारणा महासचिव पौडेल अर्थमन्त्री हुँदा नै अघि बढेको थियो ।

स्रोत सुनिश्चिततासहित अर्थमन्त्रालयले दिएको स्वीकृतिपछि यस क्षेत्रका जनताको सपना साकार हुन लागेको महासचिव पौडेलले बताए ।

उक्त सडक खण्डमा हुने दुर्घटना न्यूनीकरणका लागि सुरुङ मार्ग, हाफ टनेल, बेञ्च कट, रकनेटलगायत आधा दर्जन प्रविधिमध्ये कुनै एक प्रविधि अपनाउन सकिने बहस चलेको थियो ।

अन्तिममा सुरुङ मार्ग नै बनाउने निचोडमा सरकार पुगेको हो ।

प्रदेश ५ सरकारले पनि गत वर्ष र यस आर्थिक वर्षमा सिद्धबाबा सडक खण्डका लागि १०–१० करोड रुपैयाँ विनियोजन गरेको छ ।

यो सडक खण्डको ३ किलोमिटर क्षेत्र जोखिमपूर्ण छ, जहाँ हिउँद वा वर्षायाम जुनसुकै समयमा पनि पहिरो खस्ने गरेको छ ।

पहिरो र यस क्षेत्रमा भएका सडक दुर्घटनामा परी सयौंले ज्यान गुमाइसकेका छन् ।

यो सडक खण्ड प्रयोग गरेर गुल्मी, पाल्पा अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ, बेनी हुँदै उत्तरी नाका कोरालासम्म पुग्ने गाडी चल्ने गर्छन् ।

यस सडक खण्डमा दैनिक सरदर २ हजार ५ सय गाडी चल्दै आएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x