×

NMB BANK
NIC ASIA

२ नम्बर प्रदेश सरकारले संघीय सरकारविरुद्ध हाल्यो सर्वोच्चमा रिट

मंसिर २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेश नम्बर २ को सरकारले संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । नेपाल सरकारले २०७६ असोज २७ गते जारी गरेको वन ऐन विरुद्ध प्रदेश २ को सरकारको तर्फबाट उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले सोमवार सर्वोच्च अदालतमा रिट मुद्दा दर्ता गरेको हो ।

Sagarmatha Cement
Muktinath Bank

मन्त्रालयका शाखा अधिकृत बेचनकुमार महतोका अनुसार प्रदेश सरकारले मुख्य न्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्च अदालत अन्तर्गतको संवैधानिक इजलासमा रिट दर्ता गराएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल सरकारले संविधानप्रदत्त अधिकारलाई हरण गरेर प्रदेशभित्रका राष्ट्रिय वनको संचालन, व्यस्थापन आदि कुनै कामसमेत गर्न नसक्ने प्रावधानसहित वन ऐन जारी गरेकाले मुद्दा दिइएको महतोले बताए ।


Advertisment
Nabil box
Kumari

‘नेपालको संविधानको अनुसूची ९ मा प्रदेश भित्रका सम्पूर्ण राष्ट्रिय वनको संचालन तथा व्यवस्थापन प्रदेश सरकारले गर्नेछ भनेर संविधानमा प्रष्ट उल्लेख छ,’ महतोले भने, ‘तर, नेपाल सरकारले प्रदेश सरकारको त्यो संवैधानिक अधिकारविपरित उक्त ऐन ल्याएकोले रिट दिइएको हो ।’

Vianet communication
Laxmi Bank

प्रदेश अन्तर्गतका डिभिजन वन प्रमुखलाई प्रदेश सरकारले नै संचालन गर्ने भन्ने प्राप्त अधिकार विपरित नेपाल सरकारले नै ती डिभिजन प्रमुखको नियुक्ति, संचालन तथा व्यवस्थापन गर्ने भनेर ल्याइएको ऐन विपरित रिट दायर गरिएको उनले बताए ।

२०७६ वैशाख २३ गते वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित भएर असोज २७ गते प्रमाणित भएको थियो ।

संघीयताको अभ्यासविपरित उक्त विधेयक ऐन बनेर कार्यान्वयनमा समेत आइसकेको अवस्थामा संविधानको मर्म र भावनाविपरित संविधानसँग बाझिने गरी प्रदेश सरकारको मातहत रहने अधिकारविपरित भएको संघीय व्यवस्थापकीय कार्य उत्प्रेषणको आदेशबाट बदर गरी पाउँ भन्दै रिट दायर गरिएको छ ।

संघीय संसद सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय, राष्ट्रपतिको कार्यालयलाईसमेत विपक्षी बनाई दर्ता गरेको रिटको पेशी सर्वोच्च अदालतले मङ्सिर ६ गते तोकेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x