×

NMB BANK
NIC ASIA

विद्युत महसुल : आयोगले सार्वजनिक गर्‍यो नयाँ निर्देशिका

मंसिर २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

दुई आर्थिक वर्षको वित्तीय विवरण प्रस्तुत गरेपछि मात्रै नयाँ महसुल दर लागू गर्न सकिने प्रावधानसहितको नयाँ व्यवस्था विद्युत् नियमन आयोगले सार्वजनिक गरेको छ । 

Muktinath Bank

आयोगले सोमवार जारी गरेको ‘उपभोक्ता महसुल निर्धारण निर्देशिका, २०७६’ मा दुई आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन तथा चालू आर्थिक वर्ष एवं आगामी आर्थिक वर्षको प्रक्षेपित वित्तीय विवरण पेश गर्नुपर्ने प्रावधान छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल विद्युत् प्राधिकरणले नयाँ महशुल दर तय गरी स्वीकृतिका लागि आयोग समक्ष पेश गरेको थियो । प्राधिकरणको प्रस्तावलाई स्वीकृति दिनुअघि आयोगले नयाँ निर्देशिका जारी गरेको हो । आयोगले विभिन्न छ सिद्धान्तमा रही नयाँ महशुल निर्धारण गर्नेसमेत उक्त निर्देशिकामा उल्लेख छ ।


Advertisment
Nabil box
Kumari

उपभोक्ताको हकहित संरक्षण, विद्युत्को आपूर्ति तथा गुणस्तर, नियमितता, पर्याप्तता एवं सुरक्षाको सुनिश्चितता, वितरण अनुमतिपत्र प्राप्त व्यक्तिको व्यावसायिकता तथा प्रभावकारिता अभिवृद्धि, प्रणाली सुधार तथा यस सम्बन्धमा हुने लगानीको स्रोत परिचालनको आवश्यकता, वितरण अनुमति प्राप्त लगानीमा न्यायोचित प्रतिफल र नेपाल सरकारको नीति तथा कार्यक्रमका आधारमा महशुल निर्धारण हुनेछ । 

Vianet communication
Laxmi Bank

यस्तै आयोगले पछिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन नभएमा वितरण अनुमति प्राप्त व्यक्तिको व्यवस्थापनले प्रमाणीकरण गरेको वित्तीय विवरणलाई समेत मान्यता दिने निर्देशिकामा उल्लेख छ । यस्तै उपभोक्ताको वर्गअनुरुप बिजुली बिक्रीबाट प्राप्त हुने आम्दानी तथा ऊर्जा उपभोग शुल्क, अन्य स्रोतबाट प्राप्त हुने आम्दानी, लगानीबाट प्राप्त हुने वार्षिक प्रतिफल, विद्युत्को स्रोतअनुसारको विद्युत् खरीद परिमाण र लागतसमेत उल्लेख गर्नुपर्नेछ । 

विद्युत् उत्पादन संयन्त्रको वार्षिक खर्च कर्मचारी तथा ह्रासकट्टी खर्चबाहेक, विद्युत् प्रसारण प्रणाली एवं वितरण प्रणालीको वार्षिक खर्च ह्रासकट्टी दर तथा रकम, व्याजको भुक्तानी रकमसमेत उल्लेख गर्नुपर्ने निर्देशिकामा समावेश गरिएको छ । यस्तै देशको आर्थिक सूचकाङ्क र सरकारको विद्युत् विकासका सम्बन्धमा अपनाएको नीतिका साथै विगतमा भएका महशुल निर्धारण, वितरण अनुमति प्राप्त व्यक्तिको महशुलको अत्याधिक वृद्धिको परिस्थितिलाई सीमित गर्न वितरण अनुमतिपत्र प्राप्त व्यक्तिको आम्दानीलाई आगामी वर्षमा समायोजन हुने गरी व्यवस्था गरिने निर्देशिकामा उल्लेख छ ।

आयोगले महशुल निर्धारण गरेपछि उक्त महशुल लागू हुने मितिसमेत तोक्नेछ र उक्त मितिपश्चात् वितरण अनुमति प्राप्त व्यक्तिले उपभोक्तालाई जारी गर्ने बिलको हकमा लागू हुनेछ । निर्देशिकाबमोजिम महशुल दर निर्धारण वा परिवर्तन नगरेसम्म आयोगले निर्धारण गरेको पछिल्लो महशुल दर नै कायम हुने व्यवस्था गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x