×

NMB BANK
NIC ASIA

जेलमा समेत आलमको धम्की, पत्रमा लेखे यस्तो...

मंसिर ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कर्तव्य ज्यान मुद्दामा नख्खु कारागारमा रहेका पूर्वमन्त्री तथा कांग्रेस सांसद मोहम्मद आफताब आलमले रौतहट कारागार जान चलखेल थालेका छन् । आफूलाई जबर्जस्ती नख्खु कारागार ल्याइएको भन्दै आलमले रौतहट स्थानान्तरणका लागि कांग्रेस नेता रामचन्द्र गिरीलाई परिचालन गरेका छन् । 

Muktinath Bank

गिरीले आइतबार दिउँसो नख्खु कारागार पुगेर आलमसँग भेट गरेका थिए । भेटपछि आलमले कारागार स्थानान्तरणका लागि हिन्दीमा लेखेको मागपत्र कारागार प्रशासनलाई बुझाएका छन् । उक्त मागपत्र कारागार प्रशासनले कारागार व्यवस्थापन विभागमा पठाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानान्तरणका लागि आलमको माग आफ्ना समर्थक भड्काएर मुद्दा प्रभावित बनाउने खेलअनुसार आएको हुन सक्ने सुरक्षा निकायको विश्लेषण छ । मागपत्रमा रौतहटका प्रहरीप्रति टिप्पणी गर्दै आलमले उनीहरूलाई राम्रो नहुने चेतावनी दिएका छन् । वो एसपी (भूपेन्द्र खत्री, रौतहट) ने मेरे साथ गलत किया, उसका भी बुरा होगा,’ आलमले लेखेका छन् ।


Advertisment
Nabil box
Kumari

प्रहरीले आलमलाई भेट्न आउनेमाथि विशेष निगरानी राखेको छ । नख्खु कारागार आफ्ना लागि सहज नभएको उल्लेख गर्दै आलमले आफन्त र नातेदारबाहेक अरूलाई भेट्न नदिइएकोप्रति पनि असन्तुष्टि जनाएका छन् । ‘मेरा सारा दोस्त मेरा रिस्तेदार है,’ उनले लेखेका छन्, ‘यहाँ (रौतहट) सुरक्षा दिन सकिँदैन भनेर रातारात कारागार स्थानान्तरण (नख्खु) गरियो, सुरक्षा दिने काम प्रशासनको हो न कि स्थानान्तरण ।’ असोज २६ मा पक्राउ गर्न गएका प्रहरीलाई समेत दुर्व्यवहार गरेका आलमले एसपी खत्री र डीएसपी नवीन कार्कीलाई हत्कडी लगाउने र जिल्ला अशान्त पार्ने धम्की दिएका थिए । त्यस क्रममा आलमले आफूलाई पक्राउ गरिएको प्रतिशोधमा जिल्ला अशान्त पार्ने र त्यसको जिम्मेवारी प्रहरीले नै लिनुपर्ने बताएका थिए ।

Vianet communication
Laxmi Bank

आफू रौतहट कारागारमा बस्न चाहे पनि सुरक्षाको कारण देखाउँदै नख्खु ल्याइएकोप्रति पनि उनको आक्रोश छ । उनले नेता गिरीलाई कारागार विभागका महानिर्देशकसँग कुरा गरेर रौतहट स्थानान्तरणको व्यवस्था मिलाउन आग्रह गरेका थिए । गिरीले यसबारे ‘माथि कुरा गर्छु’ भन्ने आश्वासन दिएको स्रोतको भनाइ छ । शान्तिसुरक्षा र परिस्थितिको विश्लेषण गरेर नै उनलाई रौतहटबाट नख्खु ल्याइएको र तत्काल स्थानान्तरणको अवस्था नरहेको विभाग स्रोतले बताएको छ ।

पक्राउपछि ३ साता लामो अनुसन्धान गरेर प्रहरीले आलमलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारण कसुरमा कैद सजाय हुने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय रौतहटमा बुझाएको थियो । सोही प्रतिवेदनकै आधारमा जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटवालले अदालतमा कात्तिक १८ मा मुद्दा चलाएका थिए । १० दिन लामो थुनछेक बहसपछि जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले गत शुक्रबार आलमलाई पुर्पक्षका लागि कारागारमा राख्न र पीडित एवं साक्षीको संरक्षण गर्न आदेश दिएको थियो । आदेशलगत्तै शुक्रबार राति नै प्रहरीले उनलाई नख्खु कारागार ल्याएको थियो । ०६४ चैत २७ गते राजपुर बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर मारेको अभियोग आलममाथि छ ।

यसैबीच आलमलाई सोमबार उनका छोरा तथा आफन्तले नख्खु कारागारमा पुगेर भेटेका छन् । आलमका छोरा मोहम्मद फिरोज आलम प्रहरी अस्पताल महाराजगन्जमा प्राविधिक (चिकित्सक) निरीक्षक (इन्स्पेक्टर) का रूपमा कार्यरत छन् । उनी एमबीबीएस चिकित्सक हुन् । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x