मंसिर ५, २०८०
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
मालीको पूर्वी क्षेत्रमा भएको झडपमा परी सरकारी सैनिक र विद्रोही लडाकू गरी कुल ४१ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये २४ जना सरकारी सैनिक र १७ जना मुस्लिम अतिवादी जिहादी समूहका लडाकू रहेका जनाइएको छ ।
माली र नाइजरका सुरक्षाकर्मीहरुले संयुक्तरुपमा गरेको सुरक्षा कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको बताइएको छ ।
देशको ताबान्कोर्ट भन्ने ठाउँमा सोमबार ‘आतङ्कवादी’लाई कारबाही गरिएको सरकारी सेनाले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।
सरकारी सेनाका एक अधिकारीले भने,'घटनाका क्रममा हाम्रो तर्फका मृत्यु हुनेको संख्या २४ पुगेको छ भने अरु २९ जना घाइते भएका छन् ।'
उनका अनुसार जिहादी समूहका भने कम्तीमा १७ जना मारिएको र अरु सयौँलाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएकाहरु नाइजर सेनाका नियन्त्रणमा रहेको जनाइएको छ ।
सोमबार भएको सो घटनाबाट सैनिकतर्फ ठूलो क्षति भएको निश्कर्ष निकालिएको छ । शरद ऋतु मै भएका जिहादीको दुई आक्रमणमा परी सयौ सैनिक मारिएका छन् ।
मालि, नाइजर र बुर्किन फासोका सीमा क्षेत्रमा लामो समयदेखि विभिन्न लडाकू समूहहरुको र सरकारी सुरक्षाकर्मीहरुको बीचमा बेला बेलामा झडप भइरहने गरेको छ ।
मालीको सेनाले लामो समयदेखि विद्रोही विभिन्न लडाकू समूहसँग संघर्ष गर्दै आइरहेको छ । मालीमा शान्ति स्थापनाका लागि छिमकी केही मुलुकहरु र संयुक्त राष्ट्रसंघका शान्ति सेनाहरु पनि परिचालन गरिएको छ ।
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...