सामसङले ल्यायाे ग्यालेक्सी ए७०एस, मूल्य कति ?

सामसङले नयाँ स्मार्टफोन ग्यालेक्सी ए७०एस सार्वजनिक गरेको छ । कम्पनीले यसको मूल्य ४८ हजार ८९० रुपैयाँ तोकिएको छ । 

यसमा ग्यालेक्सीको अत्याधुनिक इनोभेसन समाविष्ट रहेको कम्पनीले जनाएको छ । 


Advertisement

नयाँ ग्यालेक्सी ए७०एस मा ६४ मेगापिक्सलको प्राइमरी शूटरको साथ ट्रिपल क्यामरा सेटअप, आकर्षक नयाँ डिजाइन, सम्पूर्ण भिज्युअल अनुभव, शक्तिशाली ब्याट्री एवं सहजै कनेटक्ट गर्न सकिने सुविधा रहको छ  ।


Advertisement

यस समूहको सबैभन्दा उत्कृष्ट ६४ मेगापिक्सलको प्राइमरी क्यामरा एवं नाइट मोड तथा सुपर स्टेडी भिडियोको साथ ग्यालेक्सी ए७०एस स्मार्टफोन फोटोग्राफी एवं भिडियोग्राफीको लागि राम्रो रहेको कम्पनीको दावी छ । 

 नयाँ ग्यालेक्सी ए७०एसमा उल्लेखनीय विशेषता रहेको छ, यसमा ६४ मेगापिक्सलको क्यामरा, एक्सन भिडियो शूट गर्नको लागि सुपर स्टेडी मोड एवं कम उज्यालोको अवस्थमा पनि उत्कृष्ट फोटो खिच्नको लागि नाइट मोड रहेको छ । 
यसमा एआई गेम बुस्टर, ४५०० एमएएचको ब्याट्री, तथा २५ वाटको सुपरफास्ट चार्जिङ्ग जस्ता विशेषताहरू रहेका छन् । 

क्यामराको आवश्यकतालाई ध्यानमा राखेर नयाँ ग्यालेक्सी ए७०एस आकर्षक ६४ मेगापिक्सलको ट्रिपल रियर क्यामरा छ । 

यसमा ८ मेगापिक्सलको अल्ट्रावाइट क्यामरा रहेको छ, जसले मानव आँखाले जस्तो देख्दछ त्यस्तै १२३ डिग्रीको भिउङ्ग कोणबाट फोटो खिच्न सकिन्छ । यसमा ५ मेगापिक्सलको लाइभ फोकस लेन्स रहेको छ जसले शानदार फोटो खिच्नको लागि सहयोग मिल्छ । 
 
यसमा इनोभेटिभ अलाइभ क्यामरा फिचर रहेको छ, जसले फोटो खिच्दाको अवस्थमा उत्कृष्ट फोटोलाई छनौट गर्न सहयोग गर्दछ ।

यसमा ६.७ इन्चको एफएचडी इन्फिनिटी–यू डिस्प्ले रहेको छ ।
 

कमेन्ट गर्नुहोस्