फिफा विश्वकप छनोटमा नेपाल र कुवेत भिड्दै

कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत मंगलवार नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।

भूटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुने नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार २ः४५ बजे शुरू हुनेछ ।


Advertisement

खेल नेपालको पहिलो घरेलु खेल हो । नेपाल र कुवेतबीचको खेल मंसिर ३ गते दशरथ रंगशालमा हुने तय भएको थियो तर नेपालको दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण नभएपछि नेपाल र कुवेतले न्युट्रल भेन्युको रुपमा भुटानमा खेल्न लागेको हो ।

खेलका लागि छनोटमा परेका ४ नेपाली खेलाडी समावेश छैनन् । भुटान जाने अघिल्लो रात मुख्य स्ट्राइकर विमल घर्ती मगर, अञ्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशी सहितका खेलाडी ठमेलको नाइट क्लबमा गएको पाइएपछि उनीहरूलाई अखिल नेपाल फूटबल संघ (एन्फा)ले बर्खास्त गरेको थियो । 


Advertisement

उनीहरूको अनुपस्थितमा पनि आफूसँग उपलब्ध रहेका खेलाडीबाट नै उत्कृष्ट नतिजा निकाल्ने राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक योहान कालिनको भनाइ छ । विश्वकप छनोट चरणमा नेपाल कुवेतसँगको पहिलो खेलमा ७–० गोलअन्तरले पराजित भएको थियो । सोही हारको बदला लिने दाउमा नेपाल रहेको छ । 

विश्वकप छनोटमा यसअघि ४ खेल खेलको नेपालले १ खेलमा जीत तथा ३ खेलमा पराजय भोगेको छ । नेपालले चाइनिज ताइपेईलाई २–० गोलअन्तरले हराएको थियो भने अस्ट्रेलियासँग ५–० ले र जोर्डनसँग ३–० गोलअन्तरले पराजित भएको थियो ।

कमेन्ट गर्नुहोस्