स्वप्न सुमनको ‘म तिम्रो’ टुबोर्ग ओपन सेसन्स् २ मा

‘यो गीत म जस्तै परीहरूको कथामा विश्वास राख्ने सबैका लागि हो,’ आफ्नो लोकप्रिय गीत टुबोर्ग ओपन सेसन्स् २ मा सार्वजनिक गर्दै स्वप्न सुमनले भने ।

सन् २०१८ मा युट्युबमा च्यानल आरबिट्ररीमार्फत सञ्चालन भएको टुबोर्ग ओपन सेसन्स्ले अपलोड गरिएको ५१ वटा गीतबाट सफलतापूर्वक १ करोडभन्दा बढी भ्यूज संकलन गरेको छ र फेरि अहिले टुबोर्ग ओपन सेसन्स्को सिजन २ शुरू भएको छ ।


Advertisement

गीतका शब्दले प्रेम गीतको भावनालाई राम्ररी समेटेको छ । टुबोर्ग ओपन सेसन्स् २ को प्रस्तुतीमा स्वप्नको सुमधुर स्वरलाई रोहित शाक्यको अरेन्जमेन्टले थप निखार ल्याएको छ ।


Advertisement

स्वप्न सुमन निकै लोकप्रिय नेपाली गायक, गीतकार र गीतारिस्ट हुन् । विशेष गरि युवापुस्तामाझ निकै प्रिय रहेका स्वप्नले सधैं आफ्नो लागी स्टेज नेम चाहेका थिए ।

धेरै नामहरु पछि उनलाई अन्तिममा स्वप्न मनपर्‍यो । काठमाडौंमा जन्मिएका स्वप्नका कभर भिडियोहरु युट्युबमा चल्न थालेपछि उनको लोकप्रियता बढ्दै गयो । उनको युट्युबमा १२० हजार भन्दा बढी सब्स्क्राईबरहरु रहेका छन् भने, ईन्स्टाग्राममा १३६ हजार भन्दा बढी फलोवर्स रहेका छन् ।

सानैदेखि संगीतमा रुचि राख्ने स्वप्नले आफैं गीतार बजाउन सिकेका हुन् । उनले आफ्नो सांगीतिक यात्रा व्यवसायिक रुपमा कर्मा रेकर्डस्सँग शुरू गरेका थिए तर पछि आरबिट्ररी रेकर्डिङस्सँग आवद्ध भए । आरबिट्ररी रेकर्डिङस्सँग उनले कसरी भनु, दि कफी सङ, म तिम्रो जस्ता हिट गीतहरु रिलिज गरे ।

टुबोर्गको संगीतसँग लामो र गर्व हुने सम्पदा रहेको छ जसले नयाँ शैली र कलाकारहरुलाई नयाँ बजारमा चिनाउन मद्दत गरेको छ । पुराना साथै नयाँ कलाकारहरुलाई आफ्नो संगीत विश्वव्यापी रुपमै धेरै दर्शकमाझ पुर्‍याउने मञ्चको निर्माण गर्न टुबोर्ग सफल भएको छ ।

कमेन्ट गर्नुहोस्