×

NMB BANK
NIC ASIA

झन् बढ्यो तरकारीको भाउ

मंसिर ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

दैनिक उपभोग्य तरकारीको भाउ महँगो भएसँगै सर्वसाधारणको भान्सा महँगो हुँदै गएको छ ।

Sagarmatha Cement
Muktinath Bank

राजधानीवासीको मागअनुसार तरकारी आपूर्ति हुन नसकेका कारण सर्वसाधारणको भान्सा महँगो भएको हो । जसले गर्दा सर्वसाधारण उपभोक्ताले तरकारी कम उपभोग गर्ने मात्रै होइन तरकारी विकल्पमा गेडागुडी बढी उपभोग गर्न थालेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कलङ्कीमा भाडा लिएर परिवारसहित बस्दै आउनुभएकी भगवती घिमिरेको भान्सामा गएको असोजदेखि हरियो तरकारी कम पाक्न थालेको छ । उनले भनिन्, पहिले दुईथरि तरकारी, दाल र एउटा अचार अनिवार्य हुन्थ्यो अब चाडपर्वका दिनबाहेक अन्य दिन एउटै तरकारीले टार्ने गरेकी छु, यति गर्दा पनि सय रुपियाँको तरकारीले पाँच जनाको परिवारको छाक टार्न मुस्किल छ । अहिले काउली, बन्दा, मूला र सागको त सिजन हो तर त्यो छोइसाध्ये नै छैन के गर्ने ? यस्तै हुने हो भने त भाडामा बस्ने र सर्वसाधारण गरिबलाई त भान्सा चलाउनै समस्या भो घिमिरेले गुनासो गरिन्।


Advertisment
Nabil box
Kumari

अहिले इस्कुस केजीको ४०÷४५ रुपियाँ, मूला प्रतिकेजी ६० रुपियाँमा पाइन्छ तीेबाहेक अन्य कुनै पनि तरकारी सय रुपियाँ कम मूल्यमा पाइँदैन, सामान्य कमाई हुनेले काठमाडौँमा कसरी बाँच्ने कालीमाटीमा तरकारी किन्दै गरेका देवेन्द्र अधिकारीले भने। उनले भने, तरकारी नआएर भन्नु भने बजारमा पर्याप्त तरकारी देखिन्छ किन महँगो भएको बुझन गाह्रो भो ।

Vianet communication
Laxmi Bank

तरकारीको भाउ पनि पसलैपिच्छे फरक छ, कालीमाटीकै खुद्रा पसलमा तरकारीको भाउ एउटै छैन अन्य ठाउँमा फरक हुनु के नौलो भो र ? अधिकारीले भने।

कालीमाटीकै खुद्रा बजारमा सोमबार बिक्रीका राखेका तरकारीमध्ये प्याज प्रतिकेजी १६५ रुपियाँ, घिउसिमी १५५ रुपियाँ, बन्दा प्रतिकेजी १०० रुपियाँ, राजमा सिमी प्रतिकेजी ११० रुपियाँ, आलु प्रतिकेजी ६५ रुपियाँ, गोलभेँडा ठूलो प्रतिकेजी ७० रुपियाँ, मूला सेतो प्रतिकेजी ६० रुपियाँ, बोडी (तने) १२५ रुपियाँ, इस्कुस ५५ रुपियाँ, काँक्रो स्थानीय प्रतिकेजी १५५ रुपियाँ मूल्यमा कारोबार भइरहेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता हरिबहादुर क्षेत्रीले यो बेलामा बर्खे तरकारी सिजन सकिएको र हिउँदे तरकारी जति आउनुपथ्र्यो त्यति मात्रामा आउन नसक्दा महँगो भएको बताए। उनले भने, यस वर्ष गत वर्षभन्दा तरकारी महँगो हुनुको कारण दुईवटा हुन सक्छन्, एउटा भारतबाट आउने तरकारीमा विषादी परीक्षण कडा गरिनु र अर्को हिँदे तरकारी उत्पादनमा मौसमले साथ नदिएर ढिला गरी उत्पादन सुरु हुनु हो, विस्तारै मौसमी तरकारी आउन थालेपछि मङ्सिरमै घट्दै जान्छ । गोरखापत्र दैनिकमा खबर छ ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x