×

NMB BANK
NIC ASIA

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव मन्त्रिपरिषद् हेरफेरमा हटाइन लागिएकामध्ये सर्वाधिक चर्चामा रहेका मन्त्री हुन् ।

Sagarmatha Cement
Muktinath Bank

बिदा हुनेमध्ये अन्य कतिपय मन्त्रीसँग प्रधानमन्त्री असन्तुष्ट रहेको बताइए पनि यादव भने स्वयं प्रधानमन्त्री ओलीसँग असन्तुष्ट देखिन्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फालिने चर्चासँगै यादवले दुईपटक आफ्ना पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटे ।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री ओलीसँग भने उनको भेटघाट जुरेको छैन । आइतवारमात्र यादव मधेश दौडाहाबाट काठमाडौं आएका थिए । 

Vianet communication
Laxmi Bank

सोमवार बिहान अबेरसम्म मन्त्री क्वार्टर पुल्चोकमै आराम गरे । दिउँसो मन्त्रालय जान पनि मन लागेन उनलाई । त्यो बीचमा अध्यक्ष प्रचण्डसँग उनको कुराकानी भयो ।

मन्त्री फेर्ने सम्पूर्ण अधिकार प्रधानमन्त्रीमा निहित रहेको भन्दै प्रचण्डको सचिवालयले विज्ञप्ति निकाल्ने बेलामा यादवसँग परामर्श गरिएको थियो ।

यादवले मन्त्रिपरिषद् पुनर्गठन हुने नै हो भने किन खण्डन गरिरहनुपर्‍यो र ? भनेर सुझाव पनि दिएका थिए तर प्रचण्डको सचिवालयले उनको सुझावलाई मानेन र सोमवार बिहान मन्त्रिपरिषद् हेरफेरमा प्रचण्डको नाम अनावश्यक जोडिएको भन्दै विज्ञप्तिमार्फत समाचारहरूको खण्डन गरियो ।

सोमवार बिहान प्रचण्डकहाँ केही मन्त्रीहरू पुगेर आफूलाई थमौती गरिदिन आग्रह गरेका थिए । प्रचण्डलाई भेट्न जानेमा ऊर्जामन्त्री वर्षमान पुन, यातायातमन्त्री रघुवीर महासेठ लगायत थिए ।

स्रोतका अनुसार प्रचण्डले मातृका यादवको केही भनाई छ कि ? भनेर सोधेका थिए ।

'म बसिरहनुपर्ने कुनै कारण छैन,' यादवको भनाइ उद्धृत गर्दै उनीनिकट एक नेताले भने, 'अरूप्रति प्रधानमन्त्री सन्तुष्ट हुनुहुन्न होला, म चाहिँ प्रधानमन्त्रीसँग सन्तुष्ट छैन ।'

यो सन्देश प्रचण्डकहाँ पठाएपछि उनी मन्त्रालय गएनन् ।

मंगलवार बिहान प्रचण्डका छोरा प्रकाश दाहालको दोस्रो स्मृतिसभामा खुमलटार भने पुगेका थिए, यादव ।

त्यहाँ उनको भेट प्रचण्डसँग भएपनि मन्त्रिपरिषद् हेरफेरका बारेमा कुनै कुरा भएन ।

'त्यस्तो बेलामा कमरेड प्रचण्डसँग केही कुरा राख्ने विषय पनि भएन,' यादव निकट स्रोतले भन्यो, 'छोटो भेटघाटपछि उहाँ निस्किनु भयो ।'

मंगलवार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओलीले औपचारिक रूपमै आफू मन्त्रिपरिषद् हेरफेर गर्न चाहेको खुलासा गरे ।

'कोही दोहोरिन सक्नुहुन्छ, कसैलाई हटाइनेछ, यसलाई अन्यथा नलिनुहोला,' भन्दै प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई बुधवार नै पुनर्गठन हुनसक्ने संकेत दिएका थिए । 

मंगलवार साँझको बैठकमा यादव अनुपस्थित रहे । 'आफू जसरी पनि निस्किनु नै छ, बैठकमा गएर के गर्नु ?' यादवलाई उनको सचिवालयले बैठकमा जाने हो कि भनेर सोध्दा उनको जवाफ थियो ।

मन्त्रिपरिषद् बैठकपछि यादवको नाम फालिने मन्त्रीहरूमा माथि रहेको चर्चा चल्न थाल्यो ।

'तमाम चर्चाका बीच पनि उहाँ तनावरहित हुनुहुन्थ्यो,' यादव निकटस्थ एक व्यक्तिले भने, 'छाड्ने हो भनेर पहिल्यैदेखि मानसिक तयारी थियो उहाँमा । आज निर्णय आउनेबित्तिकै मन्त्री क्वार्टर खाली गर्ने मनस्थितिमा हुनुहुन्छ ।'

बुधवार बिहान प्रचण्डले मन्त्री यादवलाई आफ्नो निवास खुमलटारमा बोलाए । 'तपाईको केही भनाई छ कि ?' प्रचण्डले उनलाई सोधे । 

उनले आफ्नो पुरानै भनाइ दोहोर्‍याए, 'मेरो केही छैन, हट्न तयार भएर बसेको छु ।'

'त्यही पनि म एकपटक कुरा गरुँ प्रधानमन्त्रीसँग ?' प्रचण्डले पुनः सोधे । 

यादवले आफ्नो अडान दोहोर्‍याए, 'नगर्नुस्, म अब पार्टीकै काममा खटेर लाग्छु । मेरा कुराहरू नसुनिएपछि म त्यो कुर्चीमा बसिरहनुको कुनै औचित्य छैन ।'

त्यसपछि क्वार्टर फर्किएका यादव क्वार्टर छाड्ने आदेश कुरिरहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x