×

NMB BANK
NIC ASIA

हिटलर जन्मेको घरलाई प्रहरी चौकी बनाइने

मंसिर ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

हिटलरको जन्म भएको अस्ट्रियामा रहेको पहेंलो घरलाई अधिकारीहरूले प्रहरी चौकी बनाउने निर्णय गरेका छन् । नवनाजीहरूले हिटलर जन्मेको घरलाई तीर्थस्थल जस्तो बनाएपछि त्यसलाई विकर्षित गर्न प्रहरी चौकी बनाइने भएको हो । 

Sagarmatha Cement
Muktinath Bank

मंगलवार अस्ट्रियाका गृहमन्त्रीले प्रहरी चौकी बनाइने घोषणा गरेका हुन् । जर्मनीसँगको सीमानिर रहेको ब्राउनाउ आम इनमा रहेको तीनतल्ले भवनलाई उग्रदक्षिणपन्थीहरूका लागि हिटलरको तीर्थस्थल बन्न नदिइने अधिकारीहरूले जनाए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विगत सात दशकदेखि यो भवनले अधिकारीहरूलाई समस्यामा पार्दै आएको थियो । भवनका मालिकले वर्षौंदेखि यसलाई नवीकरण गर्न अस्वीकार गरेका छन् । सन् १८८९ मा हिटलर त्यही घरमा जन्मेका थिए । हिटलरका प्रशंसकहरू त्यहाँ गइरहन्छन् । 


Advertisment
Nabil box
Kumari

गृह मन्त्रालयले भवनमालिकसँग सन् १९७२ मा भाडाको सम्झौता गरेको थियो र भवनका विषयमा अन्तिम निर्णय लिने अधिकार आफूसँग सुरक्षित गरेको थियो । सन् १९८४ मा सरकारले मूल मालिककी सन्तति गर्लिन्ड पोम्मरसँग भवन किन्न खोजेको थियो तर उनले बेच्न मानिनन् ।

Vianet communication
Laxmi Bank

उनले भवनमा लगानी गर्न समेत अस्वीकार गरेकी थिइन् जसले गर्दा सरकारलाई उक्त भवन प्रशासनिक, शैक्षिक र सामाजिक सेवाको उद्देश्यका लागि मात्र प्रयोग गर्ने गरी भाडामा दिन गाह्रो परेको थियो । सन् २०१७ मा सरकारले भवन आफ्नो नाममा पार्न सफल भएको थियो । 

भवनलाई नयाँ डिजाइन दिनका लागि प्रतिस्पर्धा नोभेम्बरमै शुरू गरिनेछ र यसलाई सन् २०२० पछि बनाउन शुरू गरिनेछ, गृहमन्त्री वुल्फग्याङ पेशचोर्नले बताए ।

द न्युयोर्क टाइम्सबाट

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x