×

NMB BANK
NIC ASIA

मन्त्रिपरिषद हेरफेर अन्तिम समयमा आएर रोकियो, मन्त्रीहरू दिनभरि अलपत्र

मंसिर ४, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

बुधवार नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी अन्तिम समयमा आएर रोकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली दिनभर नेकपा सचिवालय बैठकमा व्यस्त रहनुपरेको तथा साँझ एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनुपरेकाले मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ भएको हो ।

Sagarmatha Cement
Muktinath Bank

मंगलवार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले बुधवार मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेको भन्दै सार्वजनिक कार्यक्रममा सहभागी नहुन आग्रह गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको व्यस्तताका कारण बुधवार सपथ ग्रहण हुन नसकेको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

नवनियुक्त मन्त्रीहरूका लागि राष्ट्रपति कार्यालयमा बुधवारै सपथ ग्रहणको तयारी पनि मिलाइएको थियो । 'हामी जतिबेला सपथ ग्रहण गराउने भनेपनि तयार छौं,' राष्ट्रपति कार्यालयका एक कर्मचारीले भनेका थिए । तर सपथ ग्रहणको काम अन्तिम समयमा आएर रोकिएको छ ।

Vianet communication
Laxmi Bank

प्रधानमन्त्रीको आग्रहअनुसार बुधवार कोही पनि मन्त्री औपचारिक कार्यक्रममा सहभागी भएनन् ।

मन्त्रिपरिषद्बाट बिदाइ हुने सूचीमा रहेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री उपस्थित नभएपछि बुधवारका लागि तय भएको संसद्को राज्य व्यवस्था समिति बैठक स्थगित भयो । अन्य मन्त्रीहरू पनि औपचारिक कार्यक्रममा सहभागी भएनन् ।

‘दिनभर उहाँहरू बालुवाटारको बैठक कुरेर र समाचार हेरेर बस्नु भयो,’ बाहिरिने सूचीमा रहेका एक मन्त्रीका स्वकीय सचिवले भने ।

मन्त्री पदबाट बाहिरिने सूचीमा रहेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव पछिल्ला दिनमा मन्त्रालय गएका छैनन् भने मंगलवार मन्त्रिपरिषद् बैठकमा समेत अनुपस्थित रहे । उद्योगमन्त्री यादवका सहयोगीले यादव निर्णय कुरेर बसिरहेको प्रतिक्रिया दिए ।

मन्त्रिपरिषद पुनर्गठनको चर्चापछि बुधवार अधिकांश मन्त्री  मन्त्रालयमा उपस्थित भएनन् । सिंहदरवार पुगेका केही मन्त्री पनि छोटो समय बसेर बाहिरिएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x