×

NMB BANK
NIC ASIA

आलम थुनामा गएपछि जाहेरवाला र साक्षीलाई रातदिन कडा सुरक्षा

मंसिर ५, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

राजपुर बमकाण्डमा निलम्बित सांसद मोहम्मद आफताव आलम पुर्पक्षका लागि कारागार चलान भएपछि जाहेरवाला, पीडित र साक्षीलाई प्रहरीले कडा सुरक्षा दिन थालेको छ ।

Muktinath Bank

छोरा मारिएको भन्दै आलमविरुद्ध कर्तव्यज्यान मुद्दामा जाहेरी दिएका श्रीनारायण सिंहको सुरक्षाका लागि रौतहट प्रहरीले प्रहरी हवल्दार खटाएको छ । उनले २४ सै घण्टा सिंहको सुरक्षा दिँदै आएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जाहेरवालामध्ये सिंहलाई बढी सुरक्षा थ्रेट देखिएकाले प्रहरी खटाइएको रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिए । अर्का जाहेरवाला रोक्सना खातुनको ०६७ माघ १० गते हत्या भइसकेको छ । खातुनको हत्या कसले र किन र्गयो भन्ने खुलेको छैन । सिंह परिवारको सुरक्षाका लागि नजिकैको चौकीबाट समेत प्रहरी खटिने गरेका छन् ।


Advertisment
Nabil box
Kumari

पछिल्ला दिनमा प्रत्यक्षरूपमा धम्की नआएको तर फकाउने मनसायले कुराहरू आउने गरेको सिंहका छोरा सतेन्द्रप्रताप सिंहले बताए । आलमको मुद्दामा प्रहरीले अनुसन्धान गर्दा पनि सिंह परिवारलाई मुद्दा फिर्ताको दबाब आएको थियो । सिंहले न्यायाधीश समक्ष पनि आफूलाई पैसा लिएर मुद्दा फिर्ता लिन दबाब आएको बताएका थिए । 

Vianet communication
Laxmi Bank

बम बिस्फोटका घाइते भनिएका सर्लाही जिल्ला गडैता–२ पिपरातटोलका सफि अहमद तथा भारतको बिहार राज्यस्थित बैरगनिया मुसाचौकका गौरीशंकर रामलाई पनि प्रहरीले सुरक्षा दिएको छ । अहमद र रामले ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए । उनीहरूलाई प्रहरीले आफ्नो सेल्टरमा सुरक्षा दिएको छ ।

आलममाथि थुनछेक बहस चलिरहँदा रामलाई घरबाट लगेर ४ दिनसम्म बन्धक बनाइ स्टोभ पड्केर घाइते भएको भन्ने व्यहोराको कागजमा हस्ताक्षर गर्न लगाएका थिए । रामले अदालतमा बम पड्केर आफू घाइते नभएको व्यहोराको निवेदन अदालतमा बुझाएका थिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

बारामा तीनजना साक्षीहरू छन् । उनीहरू र परिवारलाई सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रहरी कार्यालय बारामा पत्राचार भएको छ । रौतहट, बारा, सर्लाहीमा रहेका जाहेरवाला, साक्षी र पीडित परिवारको सुरक्षाका लागि नजिकैको युनिटबाट प्रहरी खटाइएको रौतहटका एसपी खत्रीले जानकारी दिए ।

खटिएका प्रहरीले दिनहुँ उनीहरूको अवस्था, सुरक्षाको अनुभूतिका बारेमा बुझेर माथिल्लो निकायमा जानकारी गराउँछन् । आलम पक्षले डर, त्रास, धम्की र अनुचित प्रलोभनमा पार्न सक्ने भन्दै सुरक्षाको मागगर्दै जाहेरवालाको निवेदन परेपछि जिल्ला अदालत रौतहटले मुलकी फौजदारी कार्य्विधि संहिता २०७४ को ११४ (२) र मुलुकी फौजदारी कार्य्विधि २०७५ को नियम ६१ बमोजिम पीडित, जाहेरवाला, साक्षीको उचित व्यवस्थापन गर्न आदेश दिएको थियो ।

असोज २६ गते पक्राउ परेका आलमलाई अदालतले पुर्पक्षका लागि कारागार राख्न कात्तिक २९ गते आदेश गरेको थियो । उनलाई नख्खु कारागारमा राखिएको छ । बमकण्डका १० जना अभियुक्त फरार छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x