माघ १८, २०८०
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जिल्ला सुरक्षा व्यवस्थापन समितिले उपनिर्वाचनको मौन समयमा वाहिरका नागरिकलाई गाउँपालिकामा प्रवेश गर्न निषेध लगाउने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा बुधवार बसेको बैठकले जिल्लाको खार्पुनाथ गाउँपालिकामा उपाध्यक्ष पदका लागि मंसिर १४ गते हुने उपनिर्वाचनमा गाउँपालिकाका मतादाताबाहेक अन्य पालिकाका नागरिकलाई प्रवेशमा निषेध गर्ने निर्णय गरेको छ ।
जिल्लाका ७ गाउँपालिकामध्ये खार्पुनाथ गाउँपालिका अति संवेदनशील पालिका भएकाले चुनावलाई शान्त र मर्यादित बनाउनका लागि जिल्ला सुरक्षा व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो । उपनिर्वाचनको मौन समय मंसिर ११ गते राति ७ बजेदेखि शुरू हुन्छ । सो समयमा खार्पुनाथ गाउँपालिकामा अन्य पालिकाका नागरिक र राजनीतिक दलका नेता तथा कार्यकर्तालाई प्रवेशमा निषेध गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले जानकारी दिए ।
उपनिर्वाचनमा खार्पुनाथ गाउँपालिकामा अन्य नागरिकले प्रवेश गर्दा धाँधली हुने सम्भावना बढी देखिएकाले सुरक्षा निकायले पालिकामा प्रवेश गर्न निषेध गरिएको उनले जानकारी दिए । निर्वाचन कार्यसम्पन्न नहुँदासम्म गाउँपालिकाभित्र पूर्णरुपमा कुनै प्रकारका मदिराजन्य उत्पादन तथा बिक्री वितरण गर्न समेत रोक लगाएको छ ।
पालिकाभित्रका व्यक्तिले कानूनीरुपमा अनुमति प्राप्त गरी आफ्ना नाममा राखेका हात हतियारलाई निर्वाचन अवधिभरि जिल्ला प्रशासन कार्यालयमा बुझाउने, निर्वाचन आयोगबाट जारी भएको निर्वाचन आचारसंहिताको पूर्णरुपमा कर्मचारी, राजनीतिक दलले कार्यान्वयन गर्ने, निर्वाचन आचारसंहिता उल्लंघन भएको पाइएमा कानूनी कारवाही गरिने, चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्ने, निर्वाचनको मौन अवधिभर मतदाता र निर्वाचन आयोगबाट जारी भएको पास भएका व्यक्तिबाहेक अन्यको आवागमनलाई कडाइका साथ निगरानी गरिनेलगायतका निर्णय गरिएको जिल्ला सुरक्षा व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले जानकारी दिए ।
उपनिर्वाचनको मौन अवधिमा खार्पुनाथ गाउँपालिकामा आवतजावतलाई कडाइ गर्ने निर्णयसंगै अन्य गाउँपालिकाका नागरिकलाई समस्या हुने भएको छ । तल्लो क्षेत्रमा रहेका चार वटा गाउँपालिकाको आवतजावत गर्ने मुख्य बाटो सोही गाउँपालिका भएर जाने भएकाले उनीहरूलाई समस्या पर्ने भएको हो ।
सदरमुकाम सिमकोट पुग्न दक्षिण क्षेत्रका ४ वटा गाउँपालिकासहित मुगु, जुम्ला बाजुरा जाने मुख्य बाटो नै खार्पुनाथ गाउँपालिका भएर जाने भएकाले यो निर्णयले जिल्लाका अन्य नागरिकलाई सदरमुकाम आवतजावत गर्न कठिनाइ हुने भएकाले यसतर्फ स्थानीय प्रशासन गम्भीर हुनुपर्ने माग स्थानीयवासीको छ ।
मतदान केन्द्रको ३०० मिटर दूरीको नजिकमा अन्य नागरिकले प्रवेश गर्न नपाउने निर्वाचन आचारसंहितमा भएतापनि पालिकामा नै प्रवेश गर्ने निर्णय गर्दा नागरिकलाई समस्या हुने देखिएको छ ।
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...