×

NMB BANK
NIC ASIA

इरानमा किन इन्टरनेट बन्द गरिएको हो ?

मंसिर ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

इरानका राष्ट्रपति हसन रूहानीले देशमा भइरहेको अशान्तिमाथि विजय प्राप्त गरेको दाबी बुधवार गरेका छन् । तेलको मूल्यमा अचानक वृद्धि गरिएपछि देशभरि विरोध प्रदर्शन भएको ६ दिनपछि रूहानीको यो भनाइ आएको हो । 

Muktinath Bank

तेहरानमा एक सरकारी बैठकमा बोल्दै रूहानीले देश अर्को एक परीक्षामा विजयी भएको र देशमा आर्थिक समस्या तथा गुनासोहरू भए पनि इरान कहिले पनि शत्रुसमक्ष झुक्दैन भन्ने प्रमाणित भएको बताए भनी सरकारी टेलिभिजन प्रेस टीभीले जनायो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इरान सरकराले अहिलेको अशान्तिमा विदेशी शत्रुहरूको हात रहेको आरोप लगाएको छ । अशान्ति मच्चिएपछि इन्टरनेट लगभग पूरै ठप्प पारिएको छ र देशबाहिर कुनै सूचना पुग्न पाएको छैन । त्यसैले इरानमा के कति हताहती भयो भन्ने कसैले थाहा पाउन सकेको छैन ।


Advertisment
Nabil box
Kumari

सरकारले इन्धनको मूल्य ३०० प्रतिशतले बढाउने घोषणा गरेपछि प्रदर्शनकारीहरू शुक्रवार सडकमा ओर्लिएका थिए । अमेरिकी प्रतिबन्धका कारण इरानको अर्थतन्त्र धर्मराएको स्थिति छ र त्यसले गर्दा उसको मुद्रास्फीति भएको छ र मूल्यवृद्धि भएको छ । अनि स्वास्थ्यसामग्री र खानेकुराको अभाव पनि व्यापक छ । इन्धनको मूल्यवृद्धि हुँदा आर्थिक स्थिति झनै ध्वस्त हुने देखिन्छ जसले गर्दा थप मूल्य बढ्न सक्छ । 

Vianet communication
Laxmi Bank

रूहानीले विरोधकर्ताहरू इरानी नभई सरकारविरोधी बलहरू भएको र प्रतिक्रियावादी क्षेत्रीय शक्तिहरू, जायनवादीहरू र अमेरिकीहरूले यसको योजना बुनेको बताए । इरानका सर्वोच्च नेता आयातोल्लाह खमेनीले यी विरोध प्रदर्शनहरू सुरक्षासँग सम्बन्धित विषय भएको र इरानी जनताको आन्दोलन नभएको बताए । 

तर इन्टरनेट बन्द गरिएकाले विरोधकर्ताहरू र सामान्य मानिसको दृष्टिकोण थाहा पाउन गाह्रो परेको छ । 

इरानमा चार करोड ७० लाख सक्रिय सामाजिक सञ्जाल प्रयोगकर्ता छन् । इन्स्टाग्राम र टेलिग्राम निकै लोकप्रिय छन् । 

आयातोल्लाह खमेनीले आइतवार एक भाषण गर्दै विरोध प्रदर्शनमा कैयौं मानिस मारिएको पुष्टि गरे । सरकारी सञ्चारमाध्यमहरूले यो हप्ता पाँचजना सुरक्षाकर्मीहरू मारिएको रिपोर्ट दिएका छन् । 

तर सरकारले हताहत भएकाहरूको कुल संख्या सार्वजनिक नगरेकाले यसको पूर्ण चित्र आउन बाँकी नै छ ।

सीएनएनबाट

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x