×

NMB BANK
NIC ASIA

कूटनीतिक नियोगका प्रतिनिधिलाई उपनिर्वाचनको अवलोकन गर्न निर्वाचन आयोगको आह्वान

मंसिर ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

निर्वाचन आयोगले आसन्न उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, कम खर्चिलो र भयरहित हुनेमा अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त तुल्याएको छ । 

Muktinath Bank

प्रतिनिधिसभा, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त पदका लागि यही मङ्सिर १४ गते हुने उपनिर्वाचनको तयारीबारे जानकारी गराउँदै आयोगले नेपालस्थित कूटनीतिक नियोग, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमसहितका अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधि र विकास साझेदारलाई उपनिर्वाचन अवलोकनका लागि आह्वानसमेत गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनलाई स्वतन्त्र, स्वच्छ र भयरहित तुल्याउन सम्पूर्ण सबै तयारी पूरा गरिसकेको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

आचारसंहिता अनुगमनका लागि जिल्लामा मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी र उम्मेदवार रहेका दलहरु सम्मिलित आचारसंहिता अनुगमन समिति गठन गरिएको जानकारी दिँदै उनले हालसम्म आचारसंहिता उलङ्घन र  प्रचारप्रसारका क्रममा कुनै घटना भएको गुनासो प्राप्त नभएको बताए ।

Vianet communication
Laxmi Bank

निर्वाचन आयुक्तको नेतृत्वमा आयोगमा उच्चस्तरीय सुरक्षा समिति रहेको जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदानको दिन विभिन्न मतदान केन्द्रमा पुगेर मतदान प्रक्रियाबारे पर्यवेक्षण गर्न पनि कूटनीतिक समुदायलाई आह्वान गरे ।

स्वतन्त्र, स्वच्छ, विश्वसनीय, निष्पक्ष र कम खर्चिलो निर्वाचनका माध्यमबाट लोकतन्त्रको सुदृढीकरण र सुशासनका लागि आयोगले तेस्रो पञ्चवर्र्षीय रणनीतिक योजना तर्जूमा गरिसकेको जानकारी गराउँदै उनले यसबाट सङ्गठन पुनसंरचना, पूर्वाधार विकास र क्षमता अभिवृद्धि, संस्थागत सुदृढीकरण, सूचना प्रविधिमा आधारित निर्वाचन व्यवस्थापनमा निकै सुधार आउने विश्वास व्यक्त गरे ।

प्रमुख आयुक्त थपलियाले भने, “रणनीतिक योजनाले राष्ट्रिय नीति र एकीकृत निर्वाचन कानून प्रणालीसहित निर्वाचन नीति र कानूनको निर्माण, आधुनिक प्रविधिमा दलको नियमन तथा व्यवस्थापन एवं निर्वाचन प्रक्रियासँग सम्बन्धित सङ्घ संस्थासंगको साझेदारी र सहकार्यलाई समेटेको छ ।”

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले निर्वाचन सम्बन्धी अनुभव आदानप्रदान र उपनिर्वाचनको तयारीबारे छलफल कार्यक्रममा  कूटनीतिक समुदायबाट प्राप्त सुझाव र सहयोगका लागि आभार व्यक्त गरे । 

आयुक्त नरेन्द्र दाहालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहको रिक्त पदका लागि हुन लागेको उपनिर्वाचनप्रति देखाएको चासो र सहयोगका लागि धन्यवाद प्रकट गरे । आयोगका सचिव देवकुमारी गुरागाईंले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनको माध्यमबाट नेपालको लोकतन्त्र सुदृढीकरण र सुशासनका लागि अन्तर्राष्ट्रिय समुदायबाट भएको सहयोगको सरहाना गरिन् ।

प्रतिनिधिसभा सदस्य एक पदका लागि २१ र प्रदेशसभा सदस्य ३ पदका लागि ४३ को उम्मेदवारी परेको छ । उपमहानगरपालिकाको प्रमुख १, गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १ र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४३ गरी ४८ पदका लागि २७३ जना उम्मेदवार छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x