ग्लोबल आईएमई बैंकद्वारा विद्यालयलाई कम्प्युटर सहयोग

ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तनहुँ जिल्लाको ब्यास नगरपालिका १२, बेल्थोकस्थित कुर्लुङ्ग प्राथमिक विद्यालयलाई २ वटा कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ ।

बिहिबार आयोजित एक कार्यक्रमबीच बैंकका बजार तथा व्यवसाय प्रवर्द्धन विभागका इन्चार्ज बसन्त राज रेग्मीले कुर्लुङ्ग प्राथमिक विद्यालयका प्रधानाध्यापक पदमबहादुर पन्थलाई २ वटा कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेका हुन् ।


Advertisement

ग्लोबल आईएमई बैंकले स्थापनाकालदेखि नै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न क्षेत्रमा सहयोग पुर्‍याउँदै यस्ता सामाजिक कार्य गर्दै आएको छ । 
 


Advertisement

कमेन्ट गर्नुहोस्