×

NMB BANK
NIC ASIA

विवाह पञ्चमी

राम जन्मभूमि अयोध्याबाट जन्ती आउँदै, जनकपुरधाममा भव्य तयारी

मंसिर ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाममा रामजानकी विवाह पञ्चमीको तयारी तीब्र रुपमा अगाडि बढेको छ ।

Muktinath Bank

मंसिर १० देखि १६ गतेसम्म जनकपुरधामस्थित जानकी मन्दिरले साताव्यापी भव्य विवाह महोत्सव आयोजना गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनकपुरमा प्रत्येक वर्ष मंसिरको विवाह पञ्चमीमा भगवान् राम र जानकीको विवाह महोत्सव कार्यक्रम आयोजना हुन्छ । भारतको अयोध्याबाट महन्थ र साधु समाजले भगवान् रामका बुवा दशरथको भूमिका निर्वाह गर्छन् भने जनकपुरको जानकी मन्दिरका महन्थ राजा जनकको भूमिका निर्वाह गर्छन् ।


Advertisment
Nabil box
Kumari

जनकपुरकै राम मन्दिरका महन्थले पनि राजा दशरथको भूमिका निर्वाह गर्छन् । राम र जानकीको झाँकी बनाएर विवाह गरिने परम्परा छ ।

Vianet communication
Laxmi Bank

जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास वैष्णवका अनुसार यस पटक औपचारिक रुपमै भारतको अयोध्याधामबाट विवाह पञ्चमीमा जन्ती आउँदैछन् । अयोध्याको राम जन्मभूमि न्यास बोर्डका अध्यक्ष छाउनी महाराज नृत्य गोपाल दासजी महाराजको अगुवाइमा ५ सय जन्ती अयोध्याबाट जन्ती आइरहेका वैष्णवले बताए । भारतको विश्व हिन्दू परिषद्ले विशिष्ठ पदाधिकारीलाई जन्तीमा लिएर आउनेछ ।

भारतका गृहमन्त्री अमित साह, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित केही विशिष्ट व्यक्तिलाई जन्ती बनेर आउनका लागि इमेलमार्फत निमन्त्रणा पठाइएको छ तर आउने वा नआउने बिषयमा कुनै यकिन जानकारी नआएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ वैष्णवले बताए । विभिन्न देशका राजदूतलाई समेत विवाह महोत्सवमा सहभागी हुन निमन्त्रणा पठाइएको छ ।

महन्थ आफैंले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर विवाह पञ्चमी महोत्सवमा सहभागी हुन आमन्त्रणा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, पर्यटनमन्त्री योगेश भट्टराई, भूमि व्यवस्था मन्त्री पदमा अर्याललाई समेत भेटेरै निमन्त्रणा दिएको वैष्णवले बताए । प्रदेश २ का सबै राजनीतिक दलका शीर्ष नेतासहित प्रदेश सरकारका मुख्यमन्त्रीदेखि मन्त्रीसम्मलाई निमन्त्रणा पठाइएको छ ।

‘नेपालको तर्फबाट महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीज्यू १३ गते नै उपस्थित हुनुहुने र विवाह पञ्चमी महोत्सवमा आउने जन्तीलाई स्वागत गर्नुहुने कार्यक्रम लगभग तय जस्तै छ,’ उत्तराधिकारी महन्थ वैष्णवले भने, ‘भारतको तर्फबाट पनि कुनै न कुनै मन्त्रीस्तरका भीआईपी व्यक्ति जन्तीमा सहभागी हुनसक्ने सम्भावना छ ।’ 

विश्व हिन्दू परिषद् नेपालका अध्यक्ष सन्तोष साहले मंसिर ५ गते नै अयोध्या नगरको परिक्रमा गरेर ६ गते नै जनकपुरधामका लागि जन्ती हिँडिसकेको बताए । मंसिर ११ गते जन्ती नेपालको महोत्तरी जिल्लाको मटिहानीमा आइपुगेर त्यहीँ राति विश्राम गर्ने कार्यक्रम रहेको छ । मंसिर १२ गते मटिहानीबाट महोत्तरीको पिपरा हुँदै जन्ती जनकपुरधाम आइपुग्ने छन् । जन्ती १७ गते फिर्ता हुनेछ ।

राष्ट्रिय बिदाको माग 

राम जानकी विवाह पञ्चमी अन्तर्राष्ट्रियस्तरको हिन्दू धर्मावलम्बीको पहिचान रहेकाले मंसिर १५ गते राष्ट्रिय बिदा घोषणा गरी पर्वलाई राष्ट्रिय रुपमा नै मनाउन जानकी मन्दिरका उत्तराधिकारी महन्थ वैष्णवले कात्तिक १९ गते नै प्रधानमन्त्रीको कार्यालयमा निवेदन दर्ता गराएका छन् तर हालसम्म बिदा सम्बन्धी विषयमा निर्णय हुन सकेको छैन ।

विवाह पञ्चमीको अवसरमा नै स्थानीय प्रशासनले मंसिर १२ देखि १६ गतेसम्म माछा, मासु, मदिरा लगायतको सेवन, बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ बमोजिम जनकपुरधाम प्रवेश गर्ने मुख्यद्वार, सीमा एवं जनकपुरधामस्थित परिक्रमा क्षेत्रभित्र तथा परिक्रमा क्षेत्र बाहिर माछा, मासु, मदिराको बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले विवाह पञ्चमीका लागि मात्रै जनकपुरमा विभिन्न संवेदनशील ठाउँमा सीसीटीभी जडान गरिएको बताए । सुरक्षामा ४ हजारजति सुरक्षाकर्मी परिचालन हुने उनले जानकारी दिए ।

विवाह पञ्चमीलाई भव्य रुपमा मनाउन प्रदेश सरकारका विभिन्न मन्त्रीदेखि स्थानीय नागरिक समाजको संयोजकत्वमा विभिन्न उपसमिति निर्माण गरिएका छन् । जनकपुर नगर दर्शन, फूलबारी लिला, मटकोर, तिलकोत्सव, स्वयंवर, विवाह तथा रामकलेवा सहित साताव्यापी कार्यक्रम आयोजन हुने गर्छ ।  विवाह पञ्चमीमा राम जानकीको विवाह हेर्नका लागि मात्रै नेपाल र भारतबाट ५ लाखभन्दा बढी श्रद्धालु भक्तजन जनकपुर आउने गर्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x