सावधान ! घरको यो दिशामा घडी राख्दै नराख्नुस्

नयाँ घरमा होस् वा कार्यालयमा सुख–शान्ति र समृद्धिका लागि वस्तुशास्त्र अनुसार नै हरेक काम गर्नु लाभदायक हुन्छ ।

घर वा कार्यालयमा एक स्थान घडी राख्नका लागि तोकिन्छ, त्यो गलत दिशामा पर्यो भने पनि हानि हुने वास्तुशास्त्रमा उल्लेख छ । यहाँ वास्तुशास्त्र अनुसार घरको कुन दिशामा घडी राख्नु उत्तम हुन्छ, त्यसबारे उल्लेख गरिएको छ । 


Advertisement

१. सावधान ! तपाईंले आफ्नो घरको दक्षिण दिशामा घडी राख्नु अशुभ हुन सक्छ । 

२. वास्तुशास्त्रका अनुशार पूर्व, पश्चिम र उत्तर दिमाशा घडी राख्नु उचत हुन्छ । यसो गरेमा घरमा सकारात्मक उर्जा प्रवेश हुन्छ ।


Advertisement

३. वास्तुशास्त्रका अनुसार घरमा घन्टी बज्ने घडी ‘पेन्डलम क्लोक’ राख्नु उचित हुन्छ । यसबाट निस्कने आवाजले मानिसलाई सकारात्मक उर्जा दिन्छ । 

४. मुख्य ढोकाको माथि वा त्यसको सामुन्नेमा घडी राख्नु राम्रो मानिँदैन ।  

५. विवाहित जोडीले घडी आफ्नो बेडभन्दा टाढा राख्नु उत्तम हुन्छ । 

६. भित्तामा टाँगीने घडीलाई पनि वास्तुशास्त्रले अशुभ मान्दछ । 

७. आफ्नो सुत्ने कोठामा घडी राख्दा त्यसको पूर्व दिशामा राख्नु उत्तम हुन्छ । 

कमेन्ट गर्नुहोस्