पर्यटकीय स्थलहरू चिनाउन चलचित्र 'बुकी'

बाग्लुङमा रहेकाे पर्यटकीय स्थलहरू चिनाउन नेपाली चलचित्र बुकी निर्माण हुने भएकाे छ ।

जिल्ला भरका पर्यटकीय स्थलहरुलाई चलचित्र मार्फत प्रचार प्रसारमा ल्याउन उक्त चलचित्र निर्माण गर्न लागिएको निर्माण समितिका संयोजक मोहन केसीले जानकारी दिए ।


Advertisement

पर्यटकीय गन्तव्यहरु बाग्लुङ कालिका मन्दिर, सर्व सिद्विधाम पञ्चकोट, गाजाको दह, घुम्टे लेक, गलकोट कोट मन्दिर, गलकोट दरबार, गाईघाट झरना, निलुवा, चमेरे गुफा, ढोरपाटन, तिलाचन ताल, रुद्रा ताल, भैरव स्थान, नरसिंहकोट सहित अन्य स्थलहरुलाई चलचित्रमा समावेश गर्न लागिएको केसीले बताए ।

चलचित्र निर्माण पुर्व महत्वपुर्ण गन्तव्य ढोरपाटन सिकार आरक्षणको स्थलगत अध्ययन कार्य गरिएको छ । नेपालकै एकमात्र सिकार आरक्षण ढोरपाटनमा लोकप्रिय नायिका सृष्टी खडका सँगै निर्माण समितिका पदाधिकारीहरु सहितको टिम ढोरपाटन पुगेको थियो ।


Advertisement

त्यहाँको बारेमा विस्तृत जानकारी लिन र स्थलगत अवलोकनको लागि टिम त्यहाँ गएको हो । टिमले ढोरपाटन उपत्यका, त्यहाँका स्थानियको जीवन शैली, बुकी क्षेत्र, त्यहाँ पाईने वनस्पति, जडीबुटी, जीवजन्तु र सिकारको बारेमा अध्ययन तथा स्थलगत अवलोकन गरेको थियो ।

चलचित्रमा पर्यटकीय स्थल, घरबास (होम स्टे), बागलुङ जिल्लाका पर्यटकीय स्थल आसपासको रहनसहन, जीवनशैली र त्यहाँको विभिन्न पहिचानलाई झल्काउन अहिले गृहकार्य भइरहेको छ । बुकी चलचित्र निर्माण भएपछि देश तथा विदेशमा पर्यटकीय स्थलहरुको थप उजागर हुने र आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्वि हुने अपेक्षा चलचित्र निर्माण टिमले लिएको छ । थम्मन थापा, बाग्लुङ

कमेन्ट गर्नुहोस्