प्रियंका र निकको परिवारमा नयाँ सदस्यको 'इन्ट्री', भाइरल भयो भिडियो [भिडियोसहित]

बलिउड नायिका प्रियंका चोपडा र निक जोनासको जोडी समयसमयमा चर्चामा आइरहन्छन् । गत वर्ष प्रियंका र निकको विवाह भएको थियो । जसको फोटो र भिडियोले सामाजिक सञ्जाल तताएको थियो ।

पछिल्लो समय प्रियंका र निकको जोडी सामाजिक सञ्जालमा भाइरल छन् । यी जोडीको प्रशंसक सामाजिक सञ्जालमा धेरै नै देखिन्छन् । 


Advertisement

हालै प्रियंका र निकको घरमा एक सदस्य थपिएको छ । प्रियंकाले एक भिडियो सार्वजनिक गर्दै यसबारे जानकारी दिएकी हुन् । 

उनीहरूले परिवारको नयाँ सदस्यको रुपमा एक कुकुर ल्याएका छन्, जसको नाम जीनो जोनास हो ।


Advertisement

प्रियंकाले र आफू र निक जीनोसँग मस्ती गर्दै गरेको भिडियो इन्स्टाग्राममा शेयर गरेकी छन् । जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

कमेन्ट गर्नुहोस्