कात्तिक २०, २०८०
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चिकित्सक र परिवारका सदस्यहरूसँग भेटेर फर्किएका छन् ।
त्रिवि शिक्षण अस्पताल परिसरस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न देउवा बुधवार मध्याह्न अस्पताल पुगेका थिए ।
मंगलवार एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओली अस्पतालमै छन्, उनको स्वास्थ्य अवस्थामा सुधार आएको र बोल्न समेत थालेको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।
प्रधानमन्त्री ओलीलाई भेट्न अस्पताल पुग्ने नेताहरू ढोकाबाटै फर्किने गरेका छन् ।
फर्किने क्रममा देउवाले आफू उपचारमा संलग्न चिकत्सक र प्रधानमन्त्रीको परिवारका सदस्यसँग भेटेर फर्किएको जानकारी दिए ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी आफूले पाएको उनले बताए ।
बुधवार बिहान प्रधानमन्त्री ओलीलाई भेट्न उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्री हृदयेश त्रिपाठी, नेकपा महासचिव विष्णु पौडेल र उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे अस्पताल पुगेका थिए, तर कसैले पनि ओलीलाई भेट्न पाएनन् ।
अस्पताल जाने नेताहरू ओलीलाई राखिएको सघन उपचार कक्ष (आईसीयू) को ढोकाबाटै फर्किने गरेका छन् । आईसीयूभित्र प्रवेशमा कडाइ गरिएको छ ।
मंगलवार अस्पताल पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत ओलीलाई भेट्न पाएनन् । अस्पताल पुग्ने नेताहरू चिकित्सक र सचिवालयका सदस्यसँग ओलीको स्वास्थ्यबारे जानकारी लिएर फर्किने गरेका छन् ।
प्रधानमन्त्री ओली एपेन्डिसाइटिसको शल्यक्रियापछि अस्पतालमा आराम गरिरहेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेताहरूलाई प्रधानमन्त्रीसँग भेट्न नदिइएको बताए ।
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...