सावधान ! घरमा राख्नै हुँदैन फुटेका मूर्ति

घरमा देवी देवताको मूर्ति राख्ने परम्परा पुरानो समयदेखि नै चल्दै आएको हो । आज पनि धेरै मानिसको घरमा देवी देवताको मूर्ति भेटिन्छ ।

हरेक बिहान, साँझ घरको मन्दिरमा राखिएको मूर्तिको पूजा गरे वा दर्शन गरे सकारात्मक विचार प्राप्त हुने विश्वास लिइन्छ ।


Advertisement

ज्योतिषशास्त्रका अनुसार, देवी देवताको मूर्ति राख्ने वा पूजा–पाठ गरेमा घरमा केही वास्तु दोषसमेत मेटिन्छ । यद्यपी मूर्तिको बारेमा यो कुरामा भने सधैं ध्यान दिनुपर्छ । कुनैपनि घरमा टुटेफुटेको मूर्ति राख्नुहुँदैन, त्यस्तै धेरै मूर्ति पनि राख्नु हुँदैन । 

शिवलिंग कहिल्यै खण्डित हुँदैन


Advertisement

शिवलिंग आकार अनिश्चित हुने शिवपुराणमा उल्लेख गरिएको छ । यसको अर्थ टुटेफुटेको शिवलिंग पनि पूज्नका लागि योग्य हुन्छ । शिवलिंगलाई संवेदनशील मानिन्छ । यसैकारण घरमा ठूलो शिवलिंग राख्न पनि हुँदैन । घरको लागि सानो शिवलिंग बढी राम्रो हुन्छ ।

खण्डित मूर्तिको पूजाले पूरा फल मिल्दैन

शिवलिंगको अलवा अन्य सबै देवीदेवताको मूर्ति टुटेफुटेको छ भने त्यसलाई पूजा नगर्नुहोस् । टुटेफुटेको मूर्तिको पूजा गर्दा पूरा फल नमिल्ने बताइन्छ । यसले मनमा शान्ति समेत नमिल्ने शास्त्रमा उल्लेख छ । 

फूटेको मूर्तिका कारण हुन्छ वास्तु दोष
घरमा टुटेफुटेको मूर्ति राख्दा वास्तु दोष बढ्ने वास्तुशास्त्रको मान्यता छ । यस्तो दोषले घरमा नकारात्मक वातावरण सिर्जना हुन्छ । पूजा गर्ने समे भागवानको मूर्तितर्फ ध्यान नगई अन्यतर्फ ध्यान जान्छ । जसका कारण तनाव उत्पन्न हुन्छ । 
 

कमेन्ट गर्नुहोस्