×

NMB BANK
NIC ASIA

विद्यार्थीबाट बढी लिइएको शुल्क फिर्ता गर्दै मेडिकल कलेज

मंसिर १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

चितवन मेडिकल कलेजले सरकारसँग भएको सहमतिअनुसार बढी लिइएको रकम फिर्ता वा समायोजन गर्ने प्रक्रिया शुरू गरेको जनाएको छ । 

Muktinath Bank

कलेजले बिहीवार पत्रकार सम्मेलनको आयोजना गरी मंसिर १० गते शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीको अध्यक्षतामा मेडिकल कलेजका सञ्चालकसहितको बैठकपछि भएका सहमति कार्यान्वयन प्रक्रियाअन्तर्गत बढी लिइएको शुल्क फिर्ता वा समायोजनको प्रक्रिया शुरू गरेको जनाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले सरकारसँग भएका २ बुँदे सहमति पालना गर्न थालिएको बताउँदै बुधवारबाट प्रक्रिया अघि बढाएको जानकारी दिए । सहमतिमा विश्वविद्यालयबाट परामर्श गरी बैंकिङ प्रणालीद्वारा विद्यार्थी भर्ना प्रक्रिया थालनी गरिएको शैक्षिक सत्र २०७४/०७५ र २०७५/०७६ मा नेपाल सरकारले निर्धारण गरेको शुल्कभन्दा बढी रकम लिएका मेडिकल कलेजले बुधवारबाट बढी लिएको रकम फिर्ता वा समायोजनको कार्य थालनी गर्ने उल्लेख छ । 


Advertisment
Nabil box
Kumari

शैक्षिक सत्र २०७२/०७३ र २०७३/०७४ को हकमा विश्वविद्यालयको समन्वयमा अध्ययन, छलफल र छानबिन गरी चिकित्सा शिक्षा आयोगबाट उपयुक्त निर्णय लिन चिकित्सा शिक्षा आयोगसमक्ष अनुरोध गर्ने  भन्ने उल्लेख छ ।

Vianet communication
Laxmi Bank

न्यौपानेले मन्त्रालयमा सहमति हुनुअघि नै चितवन मेडिकल कलेजले गत शैक्षिक सत्रमा लिइएको अतिरिक्त शुल्क समायोजन गर्ने घोषणा गरेको भएपनि कार्यान्वयनका लागि आन्दोलनरत विद्यार्थी र अभिभावकबाट अपेक्षित सहयोग नपाएका कारण सफल हुन नसकेको सो अवसरमा जानकारी दिए ।

‘सरकारसँग मेडिकल कलेज सञ्चालकका पनि केही असहमति थिए र छन् तर पनि नियमन गर्ने र अभिभावक भनेकै नै सरकार हो । त्यसैले सरकारले दिने निर्देशन र सहमति पालना गर्नु मेडिकल कलेजको दायित्व हो र त्यसमा हामी दृढ छौं,’ उनले भने । सरकारसँग भएको सहमतिले नेपालको मेडिकल शिक्षाका आउने दिनहरु विवादरहित हुन्छन् भन्ने अपेक्षा गरिएको पनि उनको भनाइ थियो ।

सरकारसँग भएको सहमतिपछि आन्दोलरत विद्यार्थीको माग पनि पूरा भएको बुझाई मेडिकल कलेज सञ्चालकको रहेको भन्दै उनले आन्दोलरत विद्यार्थीलाई तत्कालै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर पठनपाठनको सहज वातावरण बनाउन र भएको सहमति कार्यान्वयन गर्न आवश्यक सहयोग गर्न आग्रह गरे ।

‘विद्यार्थी आन्दोलनका कारण विश्वविद्यालयले करीब १ महिनापछि सारेको वार्षिक परीक्षा नजिकिसकेको अवस्थामा विद्यार्थीले परीक्षाको तयारी गर्नुहुन तथा वार्षिक परीक्षा सारिएको कारणले प्राज्ञिक पात्रोमा असर पर्न सक्ने भएकाले त्यसतर्फ समेत सचेत रहनुहुन सम्पूर्ण सरोकारवाला विद्यार्थी तथा अभिभावकमा आग्रह गर्न चाहन्छौं,’ पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा भनिएको छ । 

विद्यार्थीले भने सरकारसँग भएको मेडिकल कलेज सञ्चालकको सहमति मान्य नभएको भन्दै आन्दोलनलाई निरन्तरता दिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x