५ नम्बर प्रदेशमा ३३ सय एचआईभी संक्रमित

प्रकाश आचार्य
प्रकाश आचार्य

प्रकाश आचार्य लोकान्तरका लागि ५ नम्बर प्रदेशका प्रतिनिधि हुन् ।

आइतवार ३२ औं विश्व एड्स दिवस । ‘एचआईभीको नियन्त्रणमा समुदायको प्रभावकारी भूमिका’ भन्ने नाराका साथ यो दिवस रूपन्देहीमा पनि विभिन्न कार्यक्रम गरी ३ दिनसम्म बनाइँदैछ ।

नेपालमा हाल २९ हजार ९ सय ४४ जना एचआईभी संक्रमित छन् भने ५ नम्बर प्रदेशमा ३ हजार ३ सय ९२ जना छन् । ५ नम्बर एचआइभी संक्रमित धेरै हुने दोस्रो प्रदेशमा पर्छ । ३ नम्बर प्रदेशमा ४ हजार ९ सय १९ जना रहेका छन् । 


Advertisement

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्रकुमार गिरीले सबैभन्दा बढी एचआईभी संक्रमण असुरक्षित यौन सम्पर्कबाट हुने गरेको बताए । ‘७५ प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौन सम्पर्कबाट सरेको देखिन्छ । त्यसपछि लागूऔषध प्रयोग गर्ने सुइँबाट छ । त्यसपछि वैदेशिक रोजगारबाट घर फर्किने युवाहरूले पनि एचआईभी ल्याएर परिवारमा सरेका देखिन्छ,’ उनले भने ।

स्वास्थ्य कार्यालयका क्षयकुष्ट निरीक्षक टीकाराम अधिकारीले भने, ‘राष्ट्रिय रूपमा एचआईभी संक्रमित घट्दै गएपनि रुपन्देहीको तथ्यांकमा भने वृद्धि भएको छ ।’


Advertisement

रुपन्देहीमा अहिले १ हजार २ सय ७८ संक्रमित छन् । तथ्यांक बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल र भैरहवास्थित भीम अस्पतालको हो । नेपालमा संक्रमितमध्ये पुरुष १७ हजार ७ सय ३२ र महिला १२ हजार २ सय १२ जना महिला रहेका छन् ।

कमेन्ट गर्नुहोस्