×

NMB BANK
NIC ASIA

जलविद्युत् कम्पनीको शेयरमा छैन आकर्षण

मंसिर १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक निरन्तर ओरालो यात्रामा नै छ ।

Muktinath Bank

विगतमा राम्रो प्रतिफल दिएका कम्पनीको सूचक नै नकारात्मक भइरहेको बेला शेयर बजारमा एकैपटक ठूलो मात्रामा साधारण शेयर आउन लागेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल धितोपत्र बोर्डको तथ्यांकलाई नै हेर्ने हो भने भने पनि विभिन्न १२ कम्पनीका करीब ४ अर्ब ४० करोड ६५ लाख ५९ हजार ६०० रुपैयाँ बराबरको साधारण शेयर बिक्रीका लागि तयारी हालतमा छन् । त्यसमा सबैभन्दा बढी जलविद्युत् कम्पनी प्राथमिक शेयर बिक्रीको तयारीमा छन् । 


Advertisment
Nabil box
Kumari

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका ३२ जलविद्युत् कम्पनीमध्ये बिहीवारको कारोबारका आधारमा हेर्ने हो भने १८ वटा जलविद्युत् कम्पनीको शेयर दोस्रो बजारमा आधारभूत मूल्यभन्दा निकै तल छ । त्यो भनेको १०० रुपैयाँमा खरीद गरेको शेयर त्यो भन्दा निकै तल आइपुगेको अवस्था हो । 

Vianet communication
Laxmi Bank

विगतमा राम्रो लाभ दिने भनेर चिनिएको चिलिमे जलविद्युत् कम्पनीको शेयरसमेत घटेर प्रतिकित्ता ३५५ रुपैयाँको हाराहारीमा आइपुगेको छ । आधारभूत मूल्यभन्दा माथि रहेका जलविद्युत् कम्पनीमा अपि पावर १०२ रुपैयाँ, अरुण काबेली १२० रुपैयाँ, बुटवल पावर कम्पनी ३४४ रुपैयाँ, नेपाल हाइड्रो १०४ रुपैयाँ, ङ्यादी १०८ रुपैयाँ, पाँचथर पावर १०४ रुपैयाँ, राधी १३८ रुपैयाँ, सानीमा माई १८० रुपैयाँमा दोस्रो बजारमा कारोबार भइरहेको छ ।


निर्माणाधीन अवस्थामा नै रहेका माथिल्लो तामाकोशीको शेयर मूल्य दोस्रो बजारमा २२४ रुपैयाँ प्रतिकित्तामा कारोबार भइरहेको छ । रसुवागढी १६३ रुपैयाँ र साञ्जेनको १५३ रुपैयाँमा कारोबार भइरहेको छ । बजारमा लगातार जलविद्युत् कम्पनीमा लगानी गर्ने लगानीकर्ता डुबिरहेको बेला बजारमा आउन लागेको प्राथमिक शेयरले बजारलाई कुन लय र गतिमा लैजाला भन्ने चासो पनि उत्तिकै छ । शेयर बजारलाई नजिकबाट नियालिरहेका विश्लेषक प्रकाश तिवारीको विचारमा कमजोर कम्पनीलाई साधारण शेयर जारी गर्नै दिनुहुन्न ।

नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, मर्चेन्ट बैंकर तथा प्रत्याभूतकर्ता कम्पनीले पनि अब सोच्ने बेला आएको तिवारीको भनाइ छ । जलविद्युत् प्रवद्र्धकले निर्माणको क्रममा नै आफूलाई फाइदा निकाल्ने र साधारण शेयरधनीलाई मर्कामा पार्ने प्रवृत्ति मौलाएका कारण पनि बजारमा जलविद्युत् कम्पनीको शेयरले गति लिन नसकेको तिवारीले टिप्पणी गरे । 

वित्तीयरुपमा कमजोर अवस्थामा रहेका जलविद्युत् कम्पनीले शेयरधनीलाई आर्थिक वर्ष २०७५/७६ को मुनाफासमेत राम्रो दिन सकेका छैनन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रकाशित विवरणसमेतमा उनीहरूको अवस्था कमजोर देखिन्छ । एकाधबाहेक अधिकांश कम्पनीले शेयरधनीलाई राम्रो प्रतिफल दिन सकेको छैन । यसको प्रभाव दोस्रो बजारसमेतमा परेको छ । 

गत आवको पहिलो त्रैमासमा जलविद्युत् कम्पनीले ६८ करोड २५ लाख २४ हजार १२२ रुपैयाँ नाफा कमाएका थिए । चालु आवको पहिलो त्रैमासमा केही प्रतिशत नाफा बढेको देखिएपनि समग्रमा लगानीकर्ता घाटामा परेका छन् ।

आव २०७५/७६ को पहिलो त्रैमासको तुलनामा चालु आवको पहिलो त्रैमासमा करीब १९ प्रतिशतले नाफा बढेर ८१ करोड ५६ लाख १ हजार ७४१ रुपैयाँ पुगेपनि मूल्यवृद्धि तथा अन्य कारणले त्यसको सकारात्मक प्रभाव परेको देखिँदैन । 

हालसम्म प्रकाशित विवरणअनुसार कूल २७ वटा जलविद्युत् कम्पनीको वित्तीय विवरण प्रकाशित भएको छ । त्यसमा ७ वटा कम्पनीको हालत कमजोर नै रहेको छ । उदाहरणका लागि दिव्यश्वरी हाइड्रोपावर गत आवको पहिलो त्रैमासमा नै १३ लाख २७ हजार रुपैयाँ बराबरको नोक्सनी व्योहोरेको थियो । चालू आवको पहिलो त्रैमासमा सो कम्पनीको नोक्सान बढेर ३५ लाख ७२ हजार रुपैयाँ पुगेको छ ।

खानीखोला जलविद्युत् कम्पनीको गत आवको पहिलो त्रैमासमा ३ करोड ६५ लाख ४४ हजार ५२६ नोक्सानमा थियो । चालू आवको सोही अवधिमा कम्पनीको नोक्सान ८.५२ प्रतिशतले घटेपनि ३ करोड ३४ लाख ३० हजार ७३७ रुपैयाँ रहेको छ ।

माउन्टेन हाइड्रोको गत आवको पहिलो त्रैमासमा २ करोड २६ लाख ७ हजार ७४६ रुपैयाँ घाटा खाएकामा चालु आवको पहिलो त्रैमासमा घाटा बढेर ४ करोड ५८ लाख ३० हजार ६६९ रुपैयाँमा पुगेको छ । कुनै समय राम्रो प्रतिफल दिने कम्पनीको रुपमा परिचित बुटवल पावर कम्पनीको नाफा ४७ प्रतिशतले घटेको छ ।

आगामी असारदेखि सोही कम्पनीले व्यवस्थापन गर्ने हिमाल पावरले सञ्चालन गरिरहेको ६० मेगावाट क्षमताको खिम्तीको ५० प्रतिशत हिस्सा नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा आउने भएपछि झन् घाटा बढ्ने देखिन्छ । अरुण काबेली पनि ४ लाख ३९ हजार ३३३ रुपैयाँ बरारबरको नोक्सानीमा रहेको छ । 

मनसुनको समयमा नै केही जलविद्युत् कम्पनीको विद्युत् बिक्री कम छ । त्यसमा कालिका पावर, खानीखोला, आँखुखोला, युनियन हाइड्रो, राधी रहेका छन् । 

समग्र आर्थिक सूचक नकारात्मक रहिरहेको बेला जलविद्युत् कम्पनीले शेयरधनीलाई कुनै प्रतिफल दिन सक्ने अवस्था देखिँदैन । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाई भन्छन्, ‘सरकारले विद्युत् खरिद बिक्रीको दरलाई केही परिमार्जन गर्ने हो भने विद्यमान समस्याको ५० प्रतिशत समाधान निस्कन्छ । अन्यथा जलविद्युत् कम्पनीको अवस्था यस्तै कमजोर बन्दै जान्छ ।’

उनले विद्युत् खरीद बिक्रीमा देखिएको असमानतलाई सच्याउनुपर्ने तथा केही नीतिगत सुधार गर्नेतर्फ सरकार लाग्नुपर्नेमा जोड दिए । जलविद्युत् कम्पनी समस्यामा पर्दा त्यसले बैंक तथा वित्तीय संस्थालाई समेत समस्यामा पार्ने र अन्ततः देशको अर्थतन्त्रसमेतलाई नकारात्मक दिशामा लैजाने भएकाले तत्काल कुनै न कुनै समाधानको उपाय खोजी हुनुपर्ने अध्यक्ष गुरागाइँको टिप्पणी छ । – रमेश लम्साल/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x