×

NMB BANK
NIC ASIA

'अन्तर्घात'का कारण राजधानीमै नेकपाले गुमायो प्रतिष्ठा, पूर्व एमालेको गढमा कांग्रेसको झण्डा !

मंसिर १५, २०७६

NTC
Sarbottam
नेकपाका पराजित उम्मेदवार ढकाल
Premier Steels
Marvel

प्रदेशसभा अन्तर्गत भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भडेल विजयी भएका छन् । उनले १३ हजार ४ सय ४९ मत प्राप्त गरे ।

Sagarmatha Cement
Muktinath Bank

उनका निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार देवी ढकालले ११ हजार २ सय ६ मत प्राप्त गरे । यस्तै नेमकिपाका निरज लबजुले ५ हजार ८ सय २९ मत प्राप्त गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपाको किल्ला रहेको भक्तपुर क्षेत्र नम्बर १ को (क) कसरी कांग्रेसको हातमा गयो त ? यसको जवाफ खोज्न २०७४ सालको निर्वाचनमा फर्किनुपर्ने हुन्छ । 


Advertisment
Nabil box
Kumari

०७४ को प्रदेशसभा निर्वाचनमा तत्कालीन एमालेका हरिशरण लामिछानेलाई वाम गठबन्धनका आधिकारिक उम्मेदवार बनाइयो ।

Vianet communication
Laxmi Bank

त्यतिबेला तत्कालीन माओवादीका डीपी ढकाल बागी उठे र चुनाव हारे ।

यद्यपि त्यतिबेला एउटा उम्मेदवारले अर्कोलाई बागी भन्दै लान्छना लगाउने गरेका थिए ।

गठबन्धनका उम्मेदवार लामिछानेले १२ हजार ७ सय ८९ मत पाएर विजयी हुँदा बागी उम्मेदवार डीपी ढकालले जम्मा ७ सय ८६ मत ल्याएका थिए ।

यसबाट उक्त क्षेत्रमा तत्कालीन एमालेका मतदाताको पकड कतिसम्म रहेको छ भन्ने पुष्टि हुन्छ । 

गत वैशाख ३१ गते हृदयघातबाट लामिछानेको निधन भएको थियो । 

उपनिर्वाचनमा उम्मेदवारी तय गर्न बसेको नेकपाको सचिवालय बैठकले उक्त क्षेत्रमा पहिलेका अस्वीकृत उम्मेदवार ढकाललाई बनाउने आत्मघाती निर्णय गर्‍यो, जबकि उक्त क्षेत्रका मतदाताले यसअघिको निर्वाचनमा ढकाललाई जम्मा ७ सय मत दिएका थिए भने लामिछानेलाई १२ हजार बढी मत दिएका थिए । 

वाम गठबन्धन होस् या पार्टी एकीकरण होस्, त्यहाँका तत्कालीन एमालेका मतदाताहरूले कुनै वास्ता गरेनन् ।

पहिला अस्वीकार भएका उम्मेदवारलाई नै दोस्रोपटक चान्स दिएपछि यस्तै हुने नेकपाका एक केन्द्रीय कमिटी सदस्यले बताए । 

सचिवालय बैठकले डीपी ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेपछि भक्तपुरमा नेकपाभित्रको विवाद उत्कर्षमा पुग्यो ।

पूर्वएमाले पक्षले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी नै गरिदियो । यो मुख्यतः व्यक्तिप्रतिको रुझान थियो ।

पार्टी सचिवालय बैठकको निर्णय नमानेर पूर्वएमाले मतदातालाई भड्काउन केही तत्वहरू सक्रिय रहेका देखिन्थे । 

अन्ततः स्थिति झडपकै सन्निकट पुग्यो । यसले नेकपाको चुनावी अभियानलाई नै प्रभाव पार्‍यो ।

पार्टीका शीर्ष नेताहरू पुगेर जतिसुकै एकताका पक्षमा भावनात्मक भाषण गरेर फर्केको भएपनि त्यहाँका पूर्व एमालेका मतदाताहरूलाई रिझाउन सकेनन् । 

अन्तर्घातको सिलसिला यतिमै सकिएन । 

डीपी ढकालका चुनावी अभियानका एक सहयोगीले भने, 'ठाउँ-ठाउँमा पैसा बाँडियो, माओवादीलाई भोट नहाल्ने भनेर ठूलो अभियान चलाइएको थियो । पार्टीभित्रैबाट यत्रो ठूलो अन्तर्घात होला भनेर हामीले सोचेका थिएनौं ।' 

आफूसँग अन्तर्घातको प्रमाण रहेको जिकिर गर्दै उनले त्यो आवश्यक ठाउँमा देखाउने बताए । 

भक्तपुरमा अन्तर्घात हुने आशंका नेकपाका कतिपय नेताहरूले पहिल्यैदेखि गरेका थिए ।

अहिले कांग्रेसले जितेपछि अन्तर्घातको परिणामलाई लिएर टाउको ठोक्नुको विकल्प नेकपासँग रहेन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x