सुडानका प्रधानमन्त्री अमेरिका भ्रमणमा

सुडानका प्रधानमन्त्री अब्डल्ला हाम्डोक औपचारिक भ्रमणका लागि अमेरिका गएका छन् । 

उनले अमेरिकाको छ दिने भ्रमण गर्ने तय भएको साना समाचार संस्थाले समाचार सम्प्रेषण गरेको छ । अमेरिकी उच्च पदाधिकारीहरुसँग भेट्ने उनको तालिका रहेको जनाइएको छ । 


Advertisement

सुडानका अर्थ मन्त्री इब्राहिम इल्बाड्वीले प्रधानमन्त्री हाम्डोकले अमेरिका भ्रमणका क्रममा अन्तर्राष्ट्रिय निकायका उच्च अधिकारीहरुलाई पनि भेट्ने कार्यक्रम रहेको यसअघि नै जानकारी दिएका थिए । 

अमेरिकाले सन् १९९७ देखि सुडानमाथि आर्थिक नाकाबन्दी गरेको थियो, तर सन् २०१७ मा आर्थिक नाकाबन्दी हटाएको थियो । अमेरिकाले सुडानलाई आतङ्कवादलाई सहयोग गर्ने मुलुकको सूचीबाट भने हटाएको छैन । 


Advertisement

गत सेप्टेम्बरमा गठन भएको हाम्डोक नेतृत्वको वर्तमान संक्रमणकालीन सरकारमाथि अमेरिकी सूचीबाट सुडानलाई हटाउन ठूलो चुनौती मानिएको छ । 

कमेन्ट गर्नुहोस्