शिन्जो आबे संसारकै सबभन्दा मूर्ख मानिस भएको उत्तर कोरियाको भनाइ

उत्तर कोरियाले शनिवार एक बयान जारी गर्दै जापानका प्रधानमन्त्री शिन्जो आबे इतिहासकै सबभन्दा मूर्ख मानिस भएको बताएको छ । 

उत्तरले बिहीवार विशाल मल्टीपल लोन्च रकेट सिस्टम परीक्षण गरेको दुई दिनपछि आबेलाई आलोचना गरेको हो । दक्षिण कोरियाले दुईवटा क्षेप्यास्त्रहरू सी अफ जापानमा विसर्जन गरिएको बतायो । 


Advertisement

उत्तर कोरियाली नेता किम जोङ उनले प्रक्षेपणको निरीक्षण गरेका थिए । आबेले उत्तरका ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षणबाट संयुक्त राष्ट्रसंघको पारित प्रस्तावको उल्लंघन भएको बताएका थिए । 

‘आबे संसारकै एक मात्र बुद्धू मानिस हुन् र इतिहासकै सबभन्दा मूर्ख पुरुष हुन् किनकि उनी क्षेप्यास्त्र र मल्टीपल लोन्च रकेट सिस्टम समेत छुट्ट्याउन सक्दैनन्,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीको बयान सरकारी समाचार संस्था केसीएनएले छाप्यो ।


Advertisement

‘आबेले वास्तविक ब्यालिस्टिक क्षेप्यास्त्र निकट भविष्यमा उनकै नाकमुनि देख्नेछन् । आबे बुद्धिहीन प्राणी हुन्,’ बयानमा लेखिएको छ । 

उत्तरले आबेसँग कुनै सम्झौता नगर्नु नै ठीक हुन् ती अधिकारीले बताए । राजनीतिक उचाइ नभएको व्यक्तिसँग सम्झौता गर्दा बदनामी मात्र हुने उनले भने ।

केही दिनअघि मात्र उत्तरले आबेलाई मूर्ख तथा खलनायक पनि गाली गरेको थियो । त्यतिखेर पनि आबेले क्षेप्यास्त्र परीक्षणको विरोध गरेका थिए । 

एजेन्सी
 

कमेन्ट गर्नुहोस्