×

NMB BANK
NIC ASIA

प्रदेश २ मा उपेन्द्र हावी: राजपा र कांग्रेसले इज्जत जोगाउँदा नेकपा कमजोर, सीके राउत फिस्स !

मंसिर १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेश नम्बर २ अन्तर्गत उपनिर्वाचन भएका ९ वटै वडाको नतिजा आइसक्दा उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी हावी देखिएको छ ।

Muktinath Bank

समाजवादी पार्टीले ९ मध्ये ४ वटा वडा जित्दा राष्ट्रिय जनता पार्टी (राजपा) र नेपाली कांग्रेसले २/२ वडामा जीत हात पारेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको भागमा एउटा वडा पर्दा हालै खुला राजनीतिमा आएका सीके राउत नेतृत्वको जनमत पार्टीले भने कुनैपनि वडामा प्रतिस्पर्धात्मक मत पाउन सकेन ।


Advertisment
Nabil box
Kumari

तराईमा राम्रै प्रभाव विस्तार गरिसकेको भनिएका सीके राउतको पार्टीले बलवा– २ महोत्तरीमा २२३ मत ल्याएर तेस्रो हुनु नै सबैभन्दा राम्रो नतिजा रह्यो ।

Vianet communication
Laxmi Bank

सत्तारुढ दल नेकपा पनि कल्याणपुर नगरपालिका– १२ सिरहामा मात्र जीत हात पार्न सफल भएको छ ।

अघिल्लोपटक एक्लाएक्लै लडेका दुई ठूला कम्युनिस्ट पार्टी मिल्दा पनि प्रदेश २ मा त्यसको सुखद् परिणाम देखिएन ।

प्रदेश २ मा गाउँपालिका अध्यक्षका लागि उपनिर्वाचन भएको पिपरामा भने मतगणना जारी छ ।

उक्त गाउँपालिकामा राजपा र नेकपाबीच प्रतिस्पर्धा देखिएको छ ।

प्रदेश २ अन्तर्गत वडाको नतिजा :

समावजादी पार्टीले जितेका वडाहरू :

सखुवा प्रसौनी गाउँपालिका– ५ (वडाध्यक्ष)

रूपलालकुमार यादव (समाजवादी) : १०३१ (विजयी)
असेशरप्रसाद यादव (कांग्रेस) : ८१९
उदयशंकरप्रसाद रौनियार (नेकपा) : २३२

बारागढी गाउँपालिका– १ बारा

सुरेशप्रसाद चौधरी (समाजवादी) : ७४९ (विजयी)
शंकरप्रसाद चौधरी (नेकपा) : ६७२
तसवीरिया थरुनी (कांग्रेस) : ४७१
बैजनाथप्रसाद चौधरी (राजपा) : २४

बलवा नगरपालिका– ८ महोत्तरी

रामबाबु महतो (समाजवादी) : ६५९ (विजयी)
निर्बल यादव (कांग्रेस) : ३४६
लक्ष्मेश्वर यादव (नेकपा) : २११
फूलकुमारी देवी (जनमत पार्टी) : ९

हरिपूर्वा नगरपालिका– १ सर्लाही

श्यामबाबु राय (समाजवादी) : ३४७ (विजयी)
दोषमोहम्मद अन्सरी (नेकपा) : ३२८
रामविश्वास राय (राजपा) : ३२८
दिनेश राय यादव (जनमत पार्टी) : ५२
रामपृत पासवान (कांग्रेस) : २३

राजपाले जितेका वडाहरू :

मटिहानी नगरपालिका– ६ महोत्तरी

रामबाबु नायक (राजपा) : ३७५ (विजयी)
मोहम्मद जाकिर अन्सारी (नेकपा) : ३५५
सञ्जयकुमार महतो (कांग्रेस) : २४

छिन्नमसता गाउँपालिका – ७ सप्तरी

प्रमिलादेवी यादव (राजपा) : ५४० (विजयी)
अच्छेलाल यादव (नेकपा) : ५२९
शिवनारायण मण्डल (कांग्रेस) : १५
दिनेशकुमार यादव (जनमत पार्टी) : ११

कांग्रेसले जितेका वडाहरू :

गढीमाई नगरपालिका–२ रौतहट

दीपेन्द्र श्रेष्ठ (कांग्रेस) : ७७१ (विजयी)
जवार मिया (नेकपा) : ५९६
दिनेश दास (समाजवादी) : १२२
विजय महतो (राजपा) : १६

बलवा नगरपालिका– २ महोत्तरी

विपिन पजियार सुडी (कांग्रेस) : ४६१ (विजयी)
वृजलाल साह सुडी (राजपा) : ३५२
वीरेन्द्र कुमार साह (जनमत पार्टी) : २२३
कृष्णदेव साह (नेकपा) : ९१

कल्याणपुर नगरपालिका– १२ सिरहा

दिलिपकुमार यादव (नेकपा) : ८२५ (विजयी)
प्रदीपकुमार महतो (राजपा) : ६५४
राजकुमार मुखिया (कांग्रेस) : ६१५
मोहम्मद अताउल रहमान (जनमत पार्टी) : १६० 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x