बाग्लुङमा कांग्रेसको जम्मा ९ मतको अग्रता

बाग्लुङको क्षेत्र नम्बर २ 'ख'मा भएको प्रदेशसभा उपनिर्वाचनको मतगणनाको शुरुमै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अग्रता लिएको छ ।

बाग्लुङको ढोरपाटन -१ र निसीखोला -१को मतगणना भएर सकिँदा कांग्रेसका जित शेरचनले १ हजार ५५ मत प्राप्त गरेका छन् भने वाम गठबन्धनअन्तर्गत जनमोर्चाबाट उम्मेदवार बनेका खिमविक्रम शाहीले १ हजार ४६ मत प्राप्त गरेका छन् ।


Advertisement

आइतवार ढिलो गरी शुरू भएको मतगणनामा कांग्रेसका उम्मेदवार जित शेरचनले शुरूवाती अग्रता लिएका थिए । पछिल्लो स्थितिमा कांग्रेसका उम्मेवार शेरचनले जम्मा ९ मतले अग्रता लिएका हुन् ।

जम्मा ३५ हजार मतदाता रहेको बाग्लुङमा २१ हजार भोट खसेको छ ।


Advertisement

कमेन्ट गर्नुहोस्