×

NMB BANK
NIC ASIA

२० वर्षपछि दक्षिण एसियाली खेल नेपालमा

मंसिर १६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

दक्षिण एसियाली खेलकुदको महामेला काठमाडौंमा शुरूभएको छ । दशरथ रंगशालामा आइतबार आयोजित भव्य समारोहमा राष्ट्रपति विद्या भण्डारीले १३औँ साग उद्घाटन गरिन् । सन् १९८४ मा काठमाडौंबाट शुरूभएको यो प्रतियोगिताको आठौँ संस्करण पनि सन् १९९९ मा नेपालले नै आयोजना गरेको थियो । 

Muktinath Bank

‘१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता शुरूभएको घोषणा गर्दछु,’ राष्ट्रपति भण्डारीको यो घोषणासँगै प्रतियोगिता आधिकारिक रूपमा शुरूभएको छ । ओलम्पियन तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई पहिलो पदक दिलाउने खेलाडी जितबहादुर केसीले रंगशालामा साग ‘टर्च’ भित्र्रयाए । त्यसपछि अन्य ओलम्पियन खेलाडी उमेश मास्के, राजेन्द्र भण्डारी, नयना शाक्य, वैकुण्ठ मानन्धर र दीपक विष्टले साग टर्चलाई रंगशाला परिक्रमा गराएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खेलाडीका तर्फबाट क्रिकेटर पारस खड्का र निर्णायकको तर्फबाट ब्याडमिन्टनका रेफ्री दीपक थापाले शपथ लिएका थिए ।  हालै निर्माण पूरा भएको दशरथ रंगशालामा कृत्रिम लाइटको प्रयोगले साग उद्घाटन विशेष देखिएको थियो । नेपाली सेना, एपिएफ र नेपाल पुलिस क्लबका कलाकारले प्रतियोगितामा सहभागी नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, भुटान र माल्दिभ्सको नक्साको मानव निर्मित कलात्मक आकृति बनाएर उनीहरूकै गीतमा नृत्य गर्दै स्वागत गरेका थिए । साथै, लेजर प्रोजेक्टरमार्फत सहभागी सबै देशको नक्सा र झन्डासहितको प्रस्तुति पनि राखिएको थियो । 


Advertisment
Nabil box
Kumari

उद्घाटन समारोहमा खेलाडीको ‘मार्चपास्ट’देखि नेपाली कला–संस्कृति झल्कने गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । कलाकारहरूले नेपालका सातै प्रदेशको संस्कृति झल्कने सांस्कृतिक प्रस्तुति राखे । कुन्ती मोक्तान, आनन्द कार्की, सत्यराज आचार्य, इन्दिरा जोशी र मिलन नेवाःले सागसम्बन्धी गीत प्रस्तुत गरेका थिए । उद्घाटन समारोहको अन्त्यमा गायक दीपक बज्राचार्यले आफ्नो चर्चित गीत ‘मनमगन’ प्रस्तुत गरे ।

Vianet communication
Laxmi Bank

उद्घाटन सत्रको अन्त्यमा आतिशबाजी गरिएको थियो । समारोहमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाल र नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले सम्बोधन गरेका थिए । उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायत उपस्थित थिए । नयाँ पत्रिकामा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x