अनन्या पाण्डे भन्छिन् : मलाई रमाइलो पुरुष आवश्यक छ

फिल्म ‘पति पत्नी और ओ’ का स्टार अनन्या पाण्डे र भूमि पेडनेकरअहिले आफ्नो फिल्मको प्रोमोसनमा जोडतोडले लागेका छनु  ।

यो वर्ष भूमिका यो चौथो फिल्म हुनेछ भने अनन्याको दोस्रो । अनन्याले गत मेमा ‘स्टुडेन्ट अफ दी इयर २’ बाट डेब्यू गरेकी हुन् । ‘पति पत्नी ओर ओ’ अहिले चर्चामा छ । भूमि र अनन्या पहिलो पटक कार्तिक आर्यनसँग ठूलो पर्दामा स्क्रिन शेयर गर्दै छन् । 


Advertisement

हालैको एक अन्तर्वार्तामा भूमि र अनन्याले आफ्नो रिलेसनसिप र आदर्श पुरुषका बारेमा बोलेका थिए । ‘एक आदर्श पुरुषमा के गुण हुनुपर्छ ?’ अनन्याले भनिन्, ‘मलाई यस्तो पुरुष आवश्यक छ जो बहुत सरल होर र मेरो साथी बनोस् र मसँग रमाइलो गरोस् ।’

भूमिले भनिन्, ‘म रक शैलीको छु र मेरो पुरुष पनि त्यस्तै होस् र बहादुर पनि । मेरो कामलाई बुझ्ने र प्रोत्साहित गर्ने हुनुपर्छ ।’  अन्नपूर्ण पोस्टमा खबर छ ।


Advertisement

कमेन्ट गर्नुहोस्