धरानमा कांग्रेसले भत्कायो नेकपाको गढ, अघिल्लोपटक पराजित तिलक राई बने मेयर

धरान उपमहानगरपालिकामा नेकपाको गढ नेपाली कांग्रेसले भत्काएको छ ।

उपमहानगर प्रमुख चयनका लागि भएको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार तिलक राईले विजयी झण्डा फहराएका हुन् ।


Advertisement

तिलक राईले २६ हजार ७ सय ९ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत प्राप्त गरे ।

यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अम्बरबहादुर लिम्बूले १ हजार १ सय ३१ तथा समाजवादी पार्टीका गजेन्द्रबहादुर लिम्बूले ७ सय ५५ मत पाए ।


Advertisement

२०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा एमालेका तारा सुब्बा २० हजार ९ सय ७५ मत ल्याएर विजयी भएका थिए ।

निकटतम प्रतिद्वन्द्वी कांग्रेसका तिलक राईले १६ हजार १ सय २ मत पाउँदा तत्कालीन माओवादी केन्द्रका उम्मेदवार अयन्द्र विक्रम बेघाले ११ हजार १ सय ८ मत पाएका थिए ।

एमाले र माओवादीले त्यतिबेला ल्याएको मत जोड्दा कांग्रेस उम्मेदवारको भन्दा झण्डै दोब्बर पुग्छ, तर चुनावी परिणम त्यस्तो देखिएन । 

कमेन्ट गर्नुहोस्