×

NMB BANK
NIC ASIA

सामुदायिक विद्यालयमा क्रिस्चियनले गराए यशुको सामूहिक प्रार्थना, छात्रावास बनाइदिने प्रलोभन

मंसिर १६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सामुदायिक विद्यालयमा कोरियाली धारका इसाईहरू प्रवेश गरी हप्तामा एक दिन सबै विद्यार्थी राखेर प्रार्थना गर्ने वातावरण मिलाइदिए छात्रावाससहित भौतिक संरचना निर्माण गरिदिने वचन दिन थालेका छन् । 

Muktinath Bank

गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीस्थित भूमिस्थली भन्ने स्थानमा रहेको बालसुधार माध्यमिक विद्यालयमा प्रवेश गरी एकान्तकुनाबाट आएको भन्दै यस्तो प्रलोभन देखाएको प्रधानाध्यापक विन्दुराज खनालले जानकारी दिए। प्रस्ताव स्वीकार गरे सबै कुरा थाहा पाउनुहुन्छ भन्दै त्यो समूहले संस्था र त्यसमा संलग्न व्यक्तिको नामसमेत बताउन चाहेन । बरु प्रभु येशुको प्रार्थना गरे सबै ठीक हुने दाबी गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'हामी वैदिक सनातन हिन्दू धर्मावलम्बी भए पनि विद्यालयमा सरस्वती वन्दनाबाहेक कुनै पनि धार्मिक क्रियाकलाप गर्दैनौँ, इसाई धर्मका गतिविधि पनि विद्यालयमा गर्न मिल्दैन भनी फर्काइदिएँ', उनले भने। 


Advertisment
Nabil box
Kumari

नेपालको संविधान २०७२ को धारा, २६ मा धार्मिक स्वतन्त्रताको हक छ । उपधारा, १ मा ‘धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुने’ उल्लेख गरिएको छ । 

Vianet communication
Laxmi Bank

यसैगरी धारा, २६ को उपधारा, ३ मा ‘धार्मिक स्वतन्त्रताको हकको प्रयोग गर्दा सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा सार्वजनिक शान्ति भङ्ग गर्ने क्रियाकलाप गर्न गराउन वा कसैको धर्म परिवर्तन गराउने अथवा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न वा गराउन हुँदैन त्यस्तो कार्य कानूनबमोजिम दण्डनीय हुनेछ’ भन्ने व्यवस्था गरिएको छ । 

यसैगरी संविधानको धारा, ४ मा ‘नेपाल स्वतन्त्र अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भएको’ उल्लेख गरिएको छ । यसको स्पष्टीकरणमा यस धाराको प्रयोजनका लागि ‘धर्मनिरिपेक्ष’ भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ भन्ने उल्लेख गरिएको छ ।

धर्मनिरपेक्षताका नाममा विभिन्न प्रलोभनका माध्यमबाट धर्म परिवर्तन गराउने क्रम राजधानीको काठ क्षेत्रमै बढेको स्थानीयवासी दीपकसिंह भण्डारीले बताए। 'धर्मनिरपेक्षता घोषणापछि जोरपाटीमा होटल दर्ता गरेर चर्च चलाई धर्म परिवर्तन गराउँदा पनि राज्य संयन्त्र मौन बस्नु रहस्यको विषय छ, जुन संविधान विपरीतसमेत छ,' उनले भने।

सामुदायिक विद्यालय भएकाले बाहिर जिल्लाबाट आएका विपन्न वर्गका बालबालिका यहाँ अध्ययन गर्छन् । हप्तामा एकपटक प्रार्थना गर्न दिए विद्यालयमा भौतिक संरचना निर्माण गरिदिने वचन दिएको संस्थाले धर्मपरिवर्तन गराउने भएकाले अब आइन्दा यस्तो प्रस्ताव लिएर नछिर्न चेतावनी दिइएको प्रधानाध्यापक खनालले बताए। भौतिक संरचना निर्माणको प्रस्तावमात्र राख्दा विद्यालय प्रशासन सकारात्मक नभएपछि त्यो समूहले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धतासमेत दोहोर्‍याएको थियो ।

संस्था एवं आएका व्यक्तिको नामसमेत बताउन नचाहेको समूहलाई यहाँभन्दा बढी गरे प्रहरी बोलाउने भनेपछि बाहिरिएको विद्यालयले जनाएको छ । विद्यालय शिक्षासमेत हेर्ने जिम्मेवारी पाएको नगरपालिका–२ का अध्यक्ष कृष्णबहादुर पण्डित संविधानअनुसार यस्तो प्रस्ताव राख्न नपाइने भएकाले त्यस्तो समूहले दुःख दिएको गुनासो आए कारवाही गरिने बताउँछन्। खान दिन्छु, भवन बनाइदिन्छु भन्ने प्रलोभनका आधारमा धर्म विशेषको प्रार्थना गरिनु कानूनीरूपमा दण्डनीय हुने उनको भनाइ थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x