अनुसन्धान भन्छ : दिनको ३ पटक ब्रस गर्नेमा हृदयघातको सम्भावना कम हुन्छ

दिनको ३ पटक ब्रस गर्ने मानिसमा हृदयघातको सम्भावना कम देखिने अनुसन्धानले बताएको छ ।

अन्य मानिसको तुलनामा दिनको ३ पटक ब्रस गर्ने मानिसमा हृदयघातको जोखिम १० प्रतिशत कम हुने अनुसन्धानमा पाइएको हो । 


Advertisement

दिनको ३ पटक ब्रस गर्नाले दाँतमा र गिजामा ब्याक्टेरिया कम हुने अनुसन्धानको निश्कर्ष छ ।

दक्षिण कोरियाका वैज्ञानिकहरूले ४० देखि ७९ वर्ष उमेर समुहका १ लाख ६१ हजार मानिसमा ओरल हाइजिन र मुटुको समस्याबीचको सम्बन्धलाई  परीक्षण गरेका थिए ।


Advertisement

डेली मेलका अनुसार २००३ र २००४ को बीचमा उनीहरूको नियमित परीक्षण गरिएको थियो । उनीहरूले १० वर्ष पनिसम्म सो अध्ययन गरेका थिए । जसबाट ५ प्रतिशत मानिसमा मुटुको समस्या र ३ प्रतिशतमा अट्र्रीअल फिब्रीलेसनको समस्या भेटिएको थियो । 

अनुसन्धानमा दिनको ३ वा सोभन्दा बढी पटक ब्रस गर्नेमा हृदयघात हुने जोखिम १२ प्रतिशत कम  पाइएको थियो भने अट्रीअल फिब्रीलेसनको जोखिम १० प्रतिशतले कम हुने पाइएको थियो । 

अनुसन्धानमा संलग्न डा. टाइ जीन सङले आफूहरूले ठूलो समुहमा लामो समयसम्म अध्ययन गरेको र यो कुरा पत्ता लागेको बताएका छन् । अनुसन्धान भने यूरोपियन जर्नल अफ प्रिभेन्टिभ कार्डिओलोजीमा प्रकाशित रहेको बताइएको छ ।  
 

कमेन्ट गर्नुहोस्