माघ १८, २०८०
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
मंसिर १६, २०७६
पुराना राजनीतिक दलहरू बेकामे भइसकेको र जनताका परिवर्तित आकांक्षाहरू सम्बोधन गर्न नसकेको आरोप सामाजिक सञ्जालमा बग्रेल्ती देख्न सुन्न र पढ्न पाइन्छ । नेपाल र विदेशमा बस्ने नेपालीहरूले यस्ता विचारहरू सामाजिक सञ्जालमा फैलाउने गरेका छन् ।
आफ्नै जीवनकालमा परिवर्तन गर्ने, सभ्य र सुसंस्कृत राजनीति अवलम्बन गर्ने, राजनीति गर्नेहरूको आर्थिक राजनीतिक र व्यावहारिक जीवनलाई पारदर्शी बनाउने, भ्रष्टाचार शून्यमा झार्ने जस्ता सयौं एजेण्डाका साथ गत शनिवार उपनिर्वाचनमा वैकल्पिक शक्तिका रूपमा होमिएकाहरूले सामाजिक सञ्जालमा माया त पाए तर भोट किन पाएनन् ?
पत्रकारिताको पृष्ठभूमिबाट राजनीतिमा छिरेका रविन्द्र मिश्रले संयोजन गरेको साझा पार्टीले १ प्रतिनिधिसभा, २ प्रदेशसभा र १ उपमहानगरसहित ४ ठाउँमा उम्मेदवार खडा गरेको थियो तर चारै ठाउँका उम्मेदवारले जमानत समेत जोगाउन सकेनन् । निर्माण भएको आधा दशक नाघिसकेको विवेकशील दलले उठाएका उम्मेदवारहरू पनि पहिलाको तुलनामा झन् कमजोर देखिए ।
नयाँ र वैकल्पिक शक्ति निर्माण गर्ने उद्देश्यले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्थापना गरेको नयाँ शक्ति मधेशकेन्द्रित राजनीति गर्ने उपेन्द्र यादवले नेतृत्व गरेको फोरमसँग मिलेर समाजवादी पार्टी बनिसकेको छ तर समाजवादी पार्टीले यादवको राजनीतिक सक्रियताका कारण मधेशमा इज्जत जोगाउन सफल भएपनि पहाडमा कुनै प्रगति हुन सकेन । समावेशिताको मुद्दालाई दह्रो गरेर समातेका डा. भट्टराईको क्रेजले उपनिर्वाचनमा आशातित प्रदर्शन गर्न सकेन ।
उपनिर्वाचनमा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उम्मेदवारबाहेक अन्य धेरैको जमानत जफत हुने स्थिति कसरी आयो ? निर्वाचनको मतपरिणामले वैकल्पिक भनिएका शक्तिहरूको राजनीतिमा ‘स्पेस’ नै नभएको सन्देश दिएको छ ।
जनतालाई सभ्य र सुसंस्कृत राजनीति सिकाउने जिम्मेवारी लिएर मैदानमा उत्रेकाहरूले उपनिर्वाचनको मतपरिणामलाई किन्तु, परन्तु जस्ता शर्तमूलक भाष्य तेर्स्याएर अझै पनि आफ्नो औचित्य रहेको प्रमाणित गर्न व्यस्त छन् ।
कांग्रेस–नेकपाले नेपाललाई ५० वर्षमा पनि मध्यम आयको देश बनाउन सक्दैनन् : सूर्यराज आचार्य
साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले अहिलेको मतपरिणामको अंकले चुनावी अभियानको तहमा केही कमजोरी स्वीकार्न बाध्य बनाएको भएपनि साझाको आधारभूत राजनीतिक सिद्धान्तमै कमजोरी रहेको नदेखाएको टिप्पणी गरे ।
‘चुनावी अभियानका क्रममा हाम्रा केही कमजोरीहरू भए होलान्,’ आचार्यले लोकान्तरसँग कुरा गर्दै भने, ‘अहिले गाउँगाउँमा हामी नगएर संगठन नबनेको होइन, हाम्रो आधारभूत मान्यता जे छ, त्यो मान्यताका आधारमा हाम्रो संगठन बन्न गाह्रो छ । विद्यालय, वन, दूध डेरीमा हामी हाम्रो राजनीतिक प्रतिनिधित्वका लागि नलड्ने सिद्धान्त अंगीकार गरेका छौं । यो हामीले पार्टी बनाउँदा नै रियलाइज गरेको विषय हो ।’
आचार्यले नेपालमा ४ वटा राजनीतिक धार रहेको बताए । ‘सत्तारूढ दल नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसको राजनीति गर्ने एउटै बाटो हो, त्यसलाई हामीले एउटा धार मान्छौं,’ आचार्यले भने, ‘दोस्रोमा जातिवादी र क्षेत्रीयतावादी राजनीति गर्ने डा. बाबुराम भट्टराई लगायतका मधेशकेन्द्रित दल, तेस्रोमा सभ्य र सुसंस्कृत राजनीतिको पैरवी गर्ने हामी र चौथो अथवा अन्तिम विकल्पका रूपमा विप्लव ।’
आचार्यले नेपालमा वित्तीय संकटको पीडादायी क्षण आउनुभन्दा पहिला नै जनतामा त्यसबारेमा चेतना दिनुपर्छ भन्दै आफूहरू लागिरहेको दाबी गरे ।
‘आउँदो ५० वर्षमा पनि नेकपा र कांग्रेसले यहीँ स्थितिमा नेपाललाई मध्यम आयको देश बनाउन सक्दैनन् भन्ने हाम्रो दाबी हो,’ आचार्यले भने, ‘यो बीचमा देशको वित्तीय संकट बढ्नेवाला छ । त्यो अवस्था अहिलेसम्म नेपालीहरूले फेस गरिसकेका छैनौं । कि हामीले त्यस्तै संकट पर्खिनुपर्यो, त्यो हाम्रो चाहना होइन । त्यसभन्दा पहिल्यै जनतामा चेतनाको विस्तार गर्नु हाम्रो जिम्मेवारी हो ।’
जमानत जफत हुनुलाई आफूले ठूलो रूपमा नलिएको आचार्यको टिप्पणी छ । ‘हामीले हाम्रा कमजोरीहरू सुधारेर अघि बढ्ने मौकाको रूपमा लिएका छौं, थोरै मेहनतले हामी सफल नहुने बुझेका छौं,’ उनले भने, ‘जनताले खुट्टा नकमाउन भनेका छन् र हामी हतोत्साहित हुनेवाला छैनौं ।’
मतदाताले प्रेम गरे, बिहे गरेनन् : रजनी केसी
कास्की क्षेत्र नम्बर २ मा साझा पार्टीबाट उम्मेदवार बनेकी रजनी केसीले आफूलाई जनताले अगाध माया र प्रेम दिएको तर बिहेको मण्डपसम्म नलगेको प्रतिक्रिया दिएकी छिन् । मंगलवार लोकान्तरसँग कुरा गर्दै केसीले जनताले आफूलाई स्वतन्त्र बनेर माया गरेको तर पुरानै दलको अपहरणमा परेका कारण भोट दिन नसकेको गुनासो गरिन् ।
‘यो बीचमा मैले धेरै घरदैलो चहारें, तराजुलाई घरघरमा पुर्याएँ,’ केसीले भनिन्, ‘मलाई धेरैले माया गर्नुभयो । सत्तारूढ दल नेकपाले ल्याएको भोटभन्दा धेरैले तपाईलाई विश्वास गर्छौं र भोट पनि हाल्छौं भन्नुभयो । जनताले देखाएको माया बिहे मण्डपसम्म पुग्ला भन्ने आशा गरेकी थिएँ तर मायामा धोका भयो ।’
केसीले वैकल्पिक शक्ति बनाएर जनताबाट स्वीकृत गराउने काम निकै कठिन रहेको आफूले स्वीकारेको बताइन् । पुराना पार्टीहरूको विकल्प खोज्नुपर्छ भन्ने भावना विकसित भएको तर भोट हाल्नेबेलामा पुरानै पार्टीको चिह्नमा हात पुग्ने प्रवृत्तिलाई परिवर्तन गराउन आफूहरूले निकै ठूलो प्रयास गर्नुपर्ने शिक्षा प्राप्त गरेको केसीको धारणा थियो ।
‘हारले मलाई झन् उत्साहित बनाएको छ,’ केसीले भनिन्, ‘कुनै आवधिक निर्वाचन थिएन, उपनिर्वाचनमा जित्नेहरूले पनि राजनीतिक रूपमा खासै ठूलो भूमिका प्राप्त गर्दैनन् । तर हामी जन–जनको घरदैलोमा पुग्यौं । हाम्रो सांगठनिक स्थिति कस्तो रहेछ भन्ने बुझ्यौं । यो नै हाम्रो लागि जीत बराबर हो ।’
कास्कीमा २१ जनाले मनोनयन दर्ता गराएका थिए भने हार्नेहरूमध्ये नेपाली कांग्रेसबाहेक सबैको जमानत जफत भएको छ । निर्वाचन ऐनमा कूल खसेको मतको १० प्रतिशत ल्याए मात्र जमानत जफत नहुने उल्लेख छ ।
‘संरक्षणवाद’ हावी देखियो : प्रशान्त सिंह
तत्कालीन नयाँशक्तिका प्रवक्ता तथा हाल समाजवादी पार्टीका सचिव प्रशान्त सिंहले नेपालमा अझै पनि विचारका लागि भन्दा बढी संरक्षणका लागि भोट हाल्ने प्रवृत्ति रहेको बताएका छन् ।
मंगलवार लोकान्तरसँग कुरा गर्दै सिंहले भने, ‘हामीले जसरी समावेशिताको मुद्दा उठाएका छौं, जनतालाई त्यो हिसाबले बुझाउन सकेका छैनौं । त्यसको लागि हामीले अझ बढी मेहनत गर्नुपर्छ । कतिपय मतदाताहरूले आफ्नो सुरक्षा खोजिरहेका हुन्छन् । त्यसैले जनताले हामीलाई सदासयता देखाउने भएपनि भोट भने जसले संरक्षण गर्न सक्छ, उसैलाई जाने गरेको देखिन्छ दिन ।’
यो राजनीतिक प्रवृत्तिलाई नै सुधार गर्नुपर्ने आवश्यकता रहेको सिंहले बताए । ‘यसका लागि वैकल्पिक शक्तिको आवश्यकता थियो र छ,’ सिंहले भने, ‘वैकल्पिक शब्दमा विवेकशील साझामा नेताहरूले थोरै कन्फ्युजन थपेका छन्, उनीहरूले यसलाई आफ्नै तरिकाले प्रयोग गरिरहेका छन् । जनताले कन्फ्युजन देखे र भोट दिएनन् ।’
साझा विवेकशील जस्ता दलहरूले व्यावहारिक विकल्प खोजेको तर आवश्यकता चाहिँ राजनीतिक विकल्पको रहेको सिंहले बताए । ‘उनीहरूले व्यावहारिक विकल्प खोजेका थिए भने हामीले सैद्धान्तिक र राजनीतिक विकल्प खोजेका छौं,’ सिंहले भने, ‘हामीले समावेशिताको मुद्दालाई उठाएका छौं । नेपालको मिश्रित राष्ट्रियताको कुरा उठायौं । उहाँहरू पनि गलत होइन, संस्कृति, व्यवहार त राजनीतिको एउटा पाटो मात्र हो । राजनीतिमा त राजनीतिक समाधान खोजिन्छ नि ! उहाँहरूले ठीकै चिज बेचिरहनुभएको छ तर पसलको नाम गलत छ । जुत्ताको पसलमा मिठाइ बेचिएको छ, जबकी बेचिने मिठाइ गलत होइन ।’
नयाँशक्ति र फोरम मिलेर बनेको समाजवादी पार्टीले पहाडमा अपेक्षित मत नल्याएको सिंहले स्वीकारे । ‘मधेशमा २–२ पटक आन्दोलन भइसक्यो, तत्कालीन फोरम त्यहाँ स्थापित भइसकेको छ,’ सिंहले भने, ‘मधेशलाई जुन तरिकाले पहिला दबाइएको थियो पहाडको तुलनामा त्यो बढी थियो ।’
उनले यो विषय पार्टीभित्र पहिल्यै उठिसकेको बताए । भोट प्राप्त गर्ने कुरा विभिन्न क्षेत्रमा विभिन्न प्राविधिक कारण हुन सक्ने उनको भनाइ छ । निर्वाचन समीक्षामा आफ्नो पार्टीभित्र यस्ता कुराहरू उठ्ने र कसरी सच्याउन सकिन्छ भन्नेमा छलफल गरिने सिंहले बताए ।
काठमाडौंबाट गएर कास्कीमा निर्वाचन जिताउन नसकिने रहेछ : मिलन पाण्डे
विवेकशील दलमा अध्यक्ष मिलन पाण्डेले काठमाडौंबाट गएर कास्कीमा चुनाव जिताउन नसकिने रहेछ भन्ने आफूलाई महसूस भएको प्रतिक्रिया दिएका छन् ।
लोकान्तरसँग कुरा गर्दै पाण्डेले आफूहरू एकदमै विचलित भइसकेको अवस्था नरहेको बताए । ‘थोरै भोट आउँछ भनेर हामीले थाहा पाइसकेका थियौं,’ पाण्डेले भने, ‘बुधवार र बिहीवार समीक्षा बैठक बोलाएका छौं । त्यसले अगाडिको रणनीति तय गर्नेछ । अहिले हामी एकदमै विचलित भइसकेका छैनौं ।’
पाण्डेले कतिपयले विवेकशील भन्दै तराजुमा भोट हालेको तथ्य खुलासा गरे । ‘भोट हालिसकेपछि कतिपयले हामीलाई भनेका छन्, तपाईलाई भोट हाल्यौं तर उनीहरूले तराजुमा भोट हालेका थिए,’ पाण्डेले भने, ‘हामीसँग मैदानमा जाँदा भर्खरको नयाँ केन्द्रीय कमिटी थियो, पार्टी दर्ता थिएन, चुनाव चिह्न पाएनौं ।’
पाण्डेले अब माइतीघरमा उभिने मात्र नभएर आम जनताको घरघरमा जाने खालको कार्यक्रम तय गर्ने बताए ।
वैकल्पिक कार्यक्रम नै नभएपछि जनताले अस्वीकार गरिदिए : हरि रोका
राजनीतिक विश्लेषक हरि रोकाले नयाँ र वैकल्पिक दाबी गर्ने राजनीतिक पार्टीहरूसँग वैकल्पिक विचार, सिद्धान्त र व्यवहार केही पनि नभएको आरोप लगाउँछन् ।
लोकान्तरसँग कुरा गर्दै रोकाले भने, ‘पुराना दल नेकपा र कांग्रेसको भन्दा फरक कार्यक्रमहरू वैकल्पिक राजनीति गर्नेहरूले ल्याउन सकेनन् । नयाँ कार्यक्रम पनि छैन, संगठन पनि छैन भने कसरी जित्ने त ?’
सामाजिक सञ्जालको नेटवर्कले आम मानिससम्म पुग्न सहयोग नगर्ने रोकाको टिप्पणी छ । ‘आम मान्छेसम्म पुग्न संगठन चाहिन्छ, त्यसका लागि कार्यक्रम चाहिन्छ,’ उनले भने, ‘अहिलेको विवेकशील, साझा वा समाजवादी पार्टीहरू जसरी देखिएका छन्, उनीहरूसँग नेपाली कांग्रेस र नेकपाभन्दा भिन्न कुनै कार्यक्रम नै देखिँदैन । अब कार्यक्रम पनि छैन, सिद्धान्त पनि छैन, विचार पनि छैन, व्यवहार पनि छैन ।’
‘बाबुराम भट्टराईलाई किन भरोसा गर्ने,’ रोकाले आक्रोश व्यक्त गरे, ‘त्यत्रो जनयुद्धको नेतृत्व गरेर आएको मान्छेले म माओवादी हैन, मार्क्सवादी हैन भनेर हिँडेकाको पनि केही विश्वास हुन्छ ? त्यस्तै वर्षौं बाहिर जागिर खाएर बुढेसकालमा नेपालमा रिटायर्ड जीवन बिताउन आएकाको हातमा नेपाली जनताले आफ्नो भविष्य सुम्पन सक्छ भन्ने मलाई लाग्दैन ।’
रोकाले वैकल्पिक शक्ति निर्माणको च्याप्टर क्लोज भई नसकेको बताए । ‘नयाँ योजना, नयाँ कार्यक्रम केही नआइकन यो निर्माण हुन सक्दैन,’ उनले भने, ‘वैकल्पिक राजनीतिको निर्माण निरन्तरको राजनीतिक प्रक्रिया हो त्यसमा स्थायित्व चाहिन्छ ।’
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...