साग खेलकुद : फूटबलतर्फ भुटानद्वारा बंगलादेश पराजित

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत फूटबलमा भुटानले बंगलादेशलाई पराजित गरेको छ । 

सोमवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भुटानले बंगलादेशलाई १-० गोलअन्तरले पराजित गरेको हो । 


Advertisement

पहिलो हाफ गोलरहित बराबरी सकिएको थियो भने दोस्रो हाफमा भुटानले आफ्नो खेलमा सुधार ल्यायो । फलस्वरूप खेलको ६५ औं मिनेटमा भुटानका कप्तान चेन्चो ग्याल्सेनले गोल गरे । र खेल भुटानले जित्यो । 

आजै साँझ ५ बजे माल्दिभ्स र श्रीलंकाबीचको खेल हुँदैछ । 


Advertisement

कमेन्ट गर्नुहोस्