साग खेलकुद : पुरुष भलिबलमा बंगलादेशलाई पाखा लगाउँदै श्रीलंकाले जित्यो कास्य

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष भलिबलतर्फ श्रीलंकाले कास्य पदक जितेको छ ।

सोमवार त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा श्रीलंकाले बंगलादेशलाई ३-१ को सेटमा पराजित कास्य जितेको हो ।


Advertisement

श्रीलंकाले बंगलादेशलाई २३-२५,२५-२०,२५-१६ र २५-२१ हराउँदै कास्य जितेको हो । 

पुरुष भलिबलको फाइनल भारत र पाकिस्तानबीच मंगलवार हुँदैछ । 


Advertisement

तस्वीर : सुरेन्द्र श्रेष्ठ/लोकान्तर

कमेन्ट गर्नुहोस्