रामकृष्ण ढकालको ‘नजिक आउनुमा’ टुबोर्ग ओपन सेसन्स् २ मा

लोकप्रिय गायक रामकृष्ण ढकालको ‘नजिक आउनुमा’ टुबोर्ग ओपन सेसन्स् २ मा सार्वजनिक भएको छ ।

च्यानल आरबिट्ररीद्वारा २०१८ मा शुरू गरिएको टुबोर्ग ओपन सेसन्स् एक यूट्युब शृंखला हो ।


Advertisement

पछिल्लो सिजनको व्यापक सफलतापछि केही प्रख्यात कलाकारको बेजोड प्रस्तुतिको साथमा टुबोर्ग ओपन सेसन्स्को सिजन २ शुरू भएको छ ।

रामकृष्ण ढकाल निकै प्रतिभाशाली व्यक्तित्व हुन् । उनी निकै प्रचलित गायक, अभिनेता साथै लोकप्रिय पनि हुन् । ढकालले आफ्नो लामो सांगीतिक यात्रामा हालसम्म करीब ५ हजार बढी मौलिक गीत गाएका छन् ।


Advertisement

विक्रम संवत् २०५५ सालमा प्रबल गोर्खा दक्षिण बाहुद्वारा सम्मानित हुने सबैभन्दा सानो उमेरको उनी थिए । आफ्नो परिवारमा कुनै सांगीतिक पृष्ठभूमि नभएका ढकालले स्वर सम्राट, नारायण गोपालको लोकप्रिय गीत गाउन थाली आफ्नो सांगीतिक यात्रा शुरू गरे ।

करीब ३ दशक देखिको निरन्तर मेहेनत र धैर्यताका साथ ढकालले आफ्नो नाम नेपाली आधुनिक संगीतको इतिहासमा लेख्न सफल भएका छन् । नेपाली संगीत बजारमा हिट रहेका उनका सबै एल्बमहरुले स्रोताहरुलाई एकै समयमा मुस्कुराउने र रुवाएको छ ।

आफ्नो संगीतको जादु विश्वभर प्रस्तुत गरेका ढकालले टुबोर्ग ओपन सेसन्स्को मञ्चमा उनको हिट ‘नजिक आउनुमा’ प्रस्तुत गरेका छन् ।  

टुबोर्ग ओपन सेसन्स् २ एक युट्युब सिरिज हो जसमा, विभिन्न प्रसिद्घ कलाकारहरुको स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएको प्रस्तुतिहरु पेश गरिन्छ । टुबोर्ग ओपन सेसन्स् सिजन १ मा ५१ वटा गीतहरू च्यानल आरबिट्ररीमार्फत् यूट्युबमा अपलोड गरिएको थियो । जसले १ करोडभन्दा बढी भ्यूज संकलन गरेको छ ।

टुबोर्गको संगीतसँग लामो र गर्व हुने सम्पदा रहेको छ जसले नयाँ शैली र कलाकारलाई नयाँ बजारमा चिनाउन मद्दत गरेको छ । पुराना साथै नयाँ कलाकारहरुलाई आफ्नो संगीत विश्वव्यापी रुपमै धेरै दर्शकहरुमाझ पुर्‍याउने मञ्चको निर्माण गर्न टुबोर्ग सफल भएको छ ।

कमेन्ट गर्नुहोस्