×

NMB BANK
NIC ASIA

कास्की– २ जितेपछि पोखरामा नेकपाको विजयसभा

मंसिर १६, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कास्की क्षेत्र नं २ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा जीत प्राप्त गरेपछि आज पोखरामा विजयसभाको आयोजना गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

सभामा नेकपाका गण्डकी प्रदेशका इन्चार्ज एवम् मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित विद्या भट्टराईलाई बधाई दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले विकास र राष्ट्रियता बचाऊ अभियानमा कम्युनिष्ट पार्टीको विकल्प हुन नसक्ने भन्ने सन्देश उपनिर्वाचनले दिएको उल्लेख गर्दै जनताले सरकारको लिएको विकास निर्माणको नीतिलाई उपनिर्वाचनको माध्यमबाट अनुमोदन भएको स्पष्ट पारे ।


Advertisment
Nabil box
Kumari

राष्ट्रिय स्वाधीनता र ‘समृद्ध नेपाल र सुखी नेपाली’को सरकारको नीतिको पक्षमा जनताको अभिमत रहेको उल्लेख गर्दै उनले अर्को पटकको आम निर्वाचनमा नेकपाले दुई तिहाइ स्थानमा जीत प्राप्त गर्ने जिकिर गरे ।

Vianet communication
Laxmi Bank

उनले स्वतन्त्र, भयरहित र निष्पक्ष रुपमा निर्वाचनसम्पन्न गराउन सुरक्षाकर्मीका साथै निजामती कर्मचारीले खेलेको भूमिका प्रशंसनीय रहेको जनाए ।

नवनिर्वाचित भट्टराईले सो क्षेत्रका तत्कालीन सांसद रवीन्द्र अधिकारप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनका अधुरो सपनालाई पूरा गर्ने वचनबद्धता प्रकट गरिन् ।

जनताले दिएको अभिमत र निर्देशनलाई पूरा गर्न आफू दृढसंकल्पित रहेको उल्लेख गर्दै उनले सडक खानेपानी, स्वास्थ्य सेवा गुणस्तर बनाउनका लागि प्रतिबद्ध रहने धारणा प्रकट गरिन् ।

भूमिहीनको समस्यालाई समाधान गर्न एक वर्षभित्रमा लालपुर्जा वितरण गर्ने व्यवस्था मिलाउने जानकारी गराउँदै उनले समृद्ध पोखराका लासग स्वास्थ्य तथा शिक्षा, उज्यालो पोखराका लागि विद्युत्का साथै सौर्य ऊर्जाको व्यवस्था, पोखराको आर्थिक समृद्धिका लागि अन्तर्राष्ट्रिय पर्यटकीय केन्द्रका रुपमा विकास र अन्तर्राष्ट्रियस्तरको खेलकूद मैदान लगायतलाई  प्राथमिकता राखिएको स्पष्ट पारिन् ।

नेकपा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डेले जनताको अभिमतलाई व्यवहारमा उतार्नुपर्ने र जनताको सेवामा लाग्नुपर्नेमा जोड दिए ।

गण्डकी प्रदेशका सहइन्चार्य एवम् सांसद् खगराज अधिकारीले कास्की क्षेत्र नं २ को जीतलाई पार्टी एकताको समेत अनुमोदन गरेको तथा सङ्घीय, प्रदेश र स्थानीय सरकारले विकास र समृद्धिका लागि चालेका कदमलाई जनताले अनुमोदन गरेको रुपमा लिनुपर्ने धारणा प्रकट गरे ।

नेकपाका कास्की इन्चार्ज राजकाजी गुरुङले जीतलाई उन्मादका रुपमा नलिइएको र जनताले दिएको जिम्मेवारीलाई पूरा गर्न पार्टी प्रतिबद्ध रहेको उल्लेख गरे ।

नेकपाका जिल्ला इन्चार्ज कृष्ण थापाले कास्कीलाई भ्रष्टाचारमुक्त र सामाजिक न्यायको जिल्ला बनाउनका लागि पार्टी सङ्कल्पित रहेको बताए ।

नेकपा कार्यकर्ताले पार्टी र पार्टीको चुनाव चिह्नको झण्डा बोकेर पोखरामा विजययात्रा गरेका थिए ।

महेन्द्रपुलबाट शुरू भएको विजय जुलुस बजार परिक्रमासहित  नयाँबजारस्थित प्रदर्शनी केन्द्रको परिसरमा पुगेर सभामा परिणत भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x