×

NMB BANK
NIC ASIA

क्यानाडामा हरेक वर्ष हुन्छ फर्सी प्रतियोगिता, यसपटक ८ सय किलो फर्सी फलाउने पुरस्कृत

मंसिर १६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

क्यानडामा हरेक वर्ष फर्सी प्रतियोगिता हुने गर्दछ । फर्सी फेस्टिबल अन्तर्गत हुने उक्त फर्सी प्रतियोगिता यस पटक निकै विशेष रह्यो ।

Muktinath Bank

क्यानडाको ब्रुस काउन्टीस्थित पोर्ट एल्गिन गाउँमा शनिवार भएको प्रतियोगितामा एक से एक बडेमानका फर्सीहरु प्रदर्शन गरियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त फर्सी प्रदर्शनी प्रतियोगितामा ओन्टारियोस्थित क्यामेरोनका बासिँदा जेन र फिल हन्ट दम्पत्तिले फलाएको सबैभन्दा ठूलो आकारको फर्सी विजेता बनेको छ ।


Advertisment
Nabil box
Kumari

हन्ट दम्पत्तिले ८ सय ३ किलो ५४ ग्रामको फर्सी प्रतियोगितामा ल्याएका थिए । त्यो भिमकाय फर्सी हेर्दैमा सबैजना तिनछक परे । अन्ततः सबैभन्दा ठूलो फर्सीको उपाधि जित्दै हन्ट दम्पत्तिले झण्डै अढाई लाख रुपैयाँ बराबरको पुरस्कार जिते ।

Vianet communication
Laxmi Bank

त्यतिठूलो आकारको फर्सी कसरी फल्यो ? भनेर ती दम्पत्तिलाई सोध्नेहरु धेरै थिए । किसान जेन हन्टका अनुसार उनले फर्सीको बियाँ राम्रोसँग करेसाबारी बनाएर रोपे । आसपासका झारपात सबै हटाए । फर्सी रोपेर उम्रिएसँगै त्यसमा कम्पोष्ट मल हाल्दै निरन्तर हेरचाह गरिरहे ।

सो प्रतियोगितामा जेफ वार्नर नामका किसानले फलाएको ७ सय ६५ किलोको फर्सीले दोश्रो स्थान हासिल गरेको छ भने क्रिस लिओन्सले फलाएको ७ सय ५४ किलोको फर्सी तेश्रो भएको छ ।

फर्सी मात्र होइन प्रतियोगितामा अन्य तरकारी तथा फलफूलहरुको पनि भिडन्त भएको थियो । जसमा ५७ किलोको खरबुजा, १२७ इन्च लामो लौका, २१ किलोको बन्दा, अढाई किलोको गोलभेँडा, २३९ इन्च अग्लो मकैको बोट, १०६ किलोको कुभिण्डो, ८ किलोको काँक्रो तथा आधा किलोको खुसार्नी लगायतले आ-आफ्नो विधामा प्रथम पुरस्कार पाएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x