सागमा एकैदिन १५ स्वर्ण जिते नेपाली खेलाडीले

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा आयोजक राष्ट्र नेपालले एकैदिन १५ वटा स्वर्ण पदक जितेको छ ।

नेपालले सोमबार तेक्वान्दोमा सातवटा स्वर्ण हात पारेको हो भने एक रजत र एक कास्य पदक पनि जितेको छ ।


Advertisement

कराँतेमा पनि नेपालले सातवटा स्वर्ण हात पारेको छ भने दुई रजत पदक हात पारेको छ ।

 अहिलेसम्म नेपालले जितेको स्वर्णपदक तालिका यस्तो छ -


Advertisement

तेक्वान्दो -

-पुरुष एकल पुम्से (२३-२९ वर्ष): कमल श्रेष्ठ

-महिला एकल पुम्से (१७-२३ वर्ष): सिना मादेन लिम्बु

-महिला पुम्से (२३–२९ वर्ष): पार्वती गुरुङ

-महिला एकल पुम्से (२९ वर्षमाथि): आयशा शाक्य 

-पुम्से जोडीः आयशा शाक्य र सञ्जिव कुमार ओझा

-महिला पुम्से टिम: निशा दर्नाल, स्वस्तिका तामाङ र संजिला तिमल्सिना (१७ देखि २३ वर्षसम्मको समूह)

-महिला पुम्से टिम: निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई (२३ देखि २९ वर्षसम्मको समूह)

कराँते -

-एकल काताः मन्डेकाजी श्रेष्ठ

-महिला टिम काता

-पुरुष टिम काता

-पुरुष कुमुते ५५ केजीः लक्ष्मण तामाङ

-पुरुष कुमुते ८४ केजीमाथिः विप्लवलाल श्रेष्ठ

-महिला कुमुते ४५ केजीमाथिः कुशुम खड्का

-कुमुते महिला ५० केजीमुनि: अनु अधिकारी

ट्रायथ्लन -

-ट्राइथ्लन महिलाः सोनी गुरुङ

 

कमेन्ट गर्नुहोस्