आज राति १२ बजेदेखि डिजेल र पेट्रोलको मूल्य बढ्ने, ग्याँस यथावत

नेपाल आयल निगमले सोमवार राति १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी गरिरहेको छ ।

सोमवार साँझ एक विज्ञप्ति जारी गर्दै निगमले इन्डियन आयल कर्पोरेसनले १ डिसेम्बर २०१९ देखि नयाँ मूल्यमा तेल पठाएकाले मूल्य वृद्धि गर्ने तयारी गरेको हो ।


Advertisement

'ईण्डियन आयल कर्पोरेशनबाट १ डिसेम्बर २०१९ मा प्राप्त नयाँ खरिद मूल्यमा केही बढेर आएकाले आज मिति २०७६।०८।१६ को राती १२ : ०० बजे देखी लागू हुने गरी नेपाल आयल निगम लिमिटेडबाट पेट्रोल र डिजल/ मट्टितेलको साविकको खुद्रा विक्री मूल्यमा प्रति लिटर रू. २।०० ले वृद्धि गरी नयाँ खुद्रा विक्री मूल्य कायम गरी समायोजन गरिएको छ,' विज्ञप्तिमा भनिएको छ ।

जसअनुसार काठमाडौँमा पेट्रोलको मूल्य १ सय ९ प्रतिलिटर हुनेछ भने डिजल र मट्टीतेलको मूल्य ९७ प्रतिलिटर हुनेछ ।


Advertisement

निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।

 

कमेन्ट गर्नुहोस्