तीन एकीकृत बस्तीको प्रारम्भिक योजना स्वीकृत

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, कार्यकारी समितिको बैठक।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तीन एकीकृत बस्तीको प्रारम्भिक योजना स्वीकृत गरेको छ।

प्राधिकरण कार्यकारी समितिको बैठकले  रसुवाको एउटा र मकवानपुरका दुईवटा एकीकृत ब विकासको प्रारम्भिक योजना स्वीकृत गरेको हो। रसुवाको आमाछोदिङमो–२ को सानो हाकु टोलका ४६ विस्थापित घरधुरीले सोही गाउँपालिकाको पाङलिङमा प्राधिकरणको अनुदान रकमबाट जग्गा खरिद गरी र थप ५ जग्गाधनी मिली जम्मा ५१ घरधुरी एकीकृत बस्ती विकास गर्न लागेको प्राधिकरणले जनाएको छ।


Advertisement

त्यसैगरी, मकवानपुर जिल्लाका राक्सिराङ र कैशाल गाउँपालिकामा बन्ने एकीकृत वस्तीहरुका प्रारम्भिक योजना स्वीकृत भएका छन्। राक्सिराङ–५ को चुरिडाँडा टोलका १० भूकम्पपीडित घरधुरीले मनहरी गाउँपालिका–६ को जोगीतालमा एकीकृत वस्ती विकास गर्दैछन् । त्यस्तै, कैशाल–१० को न्याम्सेढुंगा टोलका १० भूकम्पपीडित घरधुरीले सोही वडाको वमलटारमा एकीकृत वस्ती विकास गर्नेछन्।

प्राधिकरणले एकीकृत बस्तीमा भौतिक पूर्वाधारका लागि अलग्गै प्रतिघरधुरीका दरले रकम उपलब्ध गराउनेछ। प्राधिकरणले हिमाली जिल्लामा बन्ने एकीकृत वस्तीका लागि प्रतिघर ५ लाख, पहाडी जिल्लामा बन्ने बस्तीका लागि प्रतिघर ४ लाख र तराईका जिल्लामा बन्ने वस्तीका लागि प्रतिघर ३ लाखका दरले एकमुष्ठ रकम उपलब्ध गराउने व्यवस्था छ।


Advertisement

यसैगरी, प्राधिकरणले छुट तथा पुनःजाँच सर्भेक्षणबाट प्राप्त गुनासो विश्लेषण गरी ४ हजार ६ सय ४४ पुनर्निर्माण लाभग्राही पनि थप गरेको छ। 

कमेन्ट गर्नुहोस्