बलात्कारको आरोप लागेका धर्मगुरु कृष्णदासलाई चार दिनको म्याद थप

जिल्ला प्रहरी कार्यालय सुनसरीले अनुयायी बलात्कारको आरोपमा रामकृष्णाचार्य बैष्णव कृष्णदास भनिने कृष्णबहादुर गिरीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट सोमबार प्रहरी नायब उपरीक्षक विनोद शर्माको नेतृत्वमा गएको प्रहरी टोलीले अनुयायी बलात्कारको आरोप लागेका रामकृष्णाचार्य बैष्णव कृष्णदास भन्ने कृष्णबहादुर गिरीलाई पक्राउ गरेको हो। 

पक्राउ परेका सिद्धबाबालाई प्रहरीले सोमबार नै सुनसरी जिल्ला अदालतमा उपस्थित गराई चार दिनको म्याद थप गरेर अनुसन्धान शुरु गरेको छ। सोमबार बिहान विराट नर्सिङ अस्पताल विराटनगरबाट पक्राउ गरिएका कृष्णदासलाई प्रहरीले म्याद थपका लागि सोमबार नै जिल्ला अदालत सुनसरीमा हाजिर गरेको थियो।


Advertisement

आइतबार नै प्रहरीले कृष्णदासलाई पक्राउ गर्ने तयारी गरेकामा सघन उपचार कक्ष९आइसीयू०मा भर्ना भएकाले पक्राउ गर्न सकेको थिएन। कृष्णदासको स्वास्थ्य अवस्था सामान्य भएपछि आज प्रहरीले उनलाई नियन्त्रणमा लिएको सुनसरी प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए। सिद्धबाबा कृष्णदासले गत कात्तिक ४ गते एक अनुयायीलाई बलात्कार गरेको आरोप लागेको थियो।  उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 


Advertisement

कमेन्ट गर्नुहोस्