म्याड्रिडमा जलवायु परिवर्तन सम्मेलन, यी हुन् नेपालका एजेण्डा

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघ संरचना महासन्धिको पक्ष राष्ट्रको २५औँ सम्मेलन (कोप–२५) स्पेनको राजधानी म्याड्रिडमा सोमबार सुरू भएको छ।

२७ मंसिरसम्म चल्ने सम्मेलनको जलवायु परिवर्तन अन्तरसरकारी समिति (आइपीसीसी)का अध्यक्ष होसुङ लीले उद्घाटन गरे। जलवायु परिवर्तनका मुद्दामा केन्द्रित यो सम्मेलनमा पेरिस सम्झौताका विषयलाई प्राथमिकता दिइएको छ।
साथै कोप–२१ ले पारित गरेको पेरिस सम्झौता (पृथ्वीको तापक्रमलाई एक दशमलव पाँच डिग्रीमा सीमित गर्ने र त्यो नसके दुई डिग्रीभन्दा बढ्न नदिने भनिएको थियो। तापक्रम बढ्न नदिने  जलवायु परिवर्तन, न्यूनीकरण र अनुकूलनका लागि धेरै महत्वाकांक्षी कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाइएको छ।


Advertisement

नेपालजस्ता विकासोन्मुख राष्ट्रहहरूले यही विषयलाई मुद्दाको रुपमा उठाइरहेका छन्। सम्मेलनमा भाग लिन म्याड्रिड पुगेका वन तथा वातावरण मन्त्रालय, जलवायु महाशाखाका प्रमुख डा. महेश्वर ढकालले सम्मेलनमा नेपालका तीनवटा एजेण्डा रहेको बताए। उनका अनुसार पेरिस सम्झौता  कार्यान्वयन, एनडिसी मा जलवायु परिवर्तनसम्बन्धी सम्पूर्ण कार्यका लक्ष्य, समय र रकम पनि निर्धारण गर्नुपर्ने र औद्योगिक, विकसित र तीव्र गतिमा विकास भइरहेका राष्ट्रले आफ्नो कार्बन उत्सर्जनको मात्रालाई न्यूनीकरण गर्नुपर्छ र त्यसका लागि केही विकासका गतिविधिमा सम्झौता पनि गर्नुपर्ने नेपालका एजेण्डा हुन्।

सम्मेलनमा लीले जलवायु नियन्त्रण प्रयासका लागि भएका वर्तमान् प्रयासले पृथ्वीको तापमान वृद्धिबाट आउनसक्ने भयावह स्थितिलाई सम्वोधन गर्न असम्भव रहेको बताए।


Advertisement

सम्मेलनमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्वलाई जलवायु परिवर्तनविरूद्धको युद्ध जित्न ऐक्यवद्धता र लचकताको जरूरी रहेको बताए। चिलीमा हुनेगरी तय भएको कोप२५ सम्मेलन त्यहाँको सामाजिक तथा राजनीतिक समस्याका कारण स्पेनले आयोजना गरेको हो ।


 

कमेन्ट गर्नुहोस्