×

NMB BANK
NIC ASIA

जनमतको लज्जास्पद मत

सीके राउतलाई मधेशको सन्देश : नो हर्न प्लीज !

मंसिर १७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

२ नम्बर प्रदेशका विभिन्न सीटमा भएको स्थानीय तह उपनिर्वाचनमा डा. सीके राउत नेतृत्वको जनमत पार्टी (जपा) को लज्जास्पद परिणाम आएको छ ।

Sagarmatha Cement
Muktinath Bank

पहिलो पटक निर्वाचनमा सहभागी भएको जपाले कुल १ हजार ८६ मत मात्र ल्याउन सकेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राउतले उपचुनावमा चुनाव चिह्न ‘लाउड स्पीकर’ घन्काउन सकेनन्, न त हर्न नै बजाउन सके । सीके राउतलाई मधेशका जनताले स्पष्ट सन्देश दिए – नो हर्न प्लीज ! राउतको पार्टीले धेरैजसो स्थानमा जमानत समेत जोगाउन सकेन भने कतिपय स्थानमा उम्मेदवारी समेत दिएन । 


Advertisment
SBL

सामाजिक सञ्जाल र राजनीतिक चर्चामा व्यापक प्रभाव देखिने पार्टीको उपनिर्वाचन जनाधार नरहेको देखिएको छ ।

Vianet communication
Laxmi Bank

क्षिन्नमस्ता गाउँपालिका–७

सीके राउतको गृहजिल्ला सप्तरीको क्षिन्नमस्ता गाउँपालिका–७ मा भएको वडाध्यक्ष पदको निर्वाचनमा जपाका उम्मेदवार दिनेशकुमार यादवले ११ मत मात्र पाए । पार्टीले जमानत समेत जोगाउन सकेन । राजपा नेपालकी प्रमिलादेवी यादवले ५४० मत ल्याएर जितेकी छन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपाका अच्छेलाल यादवले ५२९ मत ल्याएका छन् । नेपाली कांग्रेसका शिवनारायण मण्डलले समेत लज्जास्पद १५ मत मात्रै पाए ।

बलबा नगरपालिका–२

महोत्तरीको बलबा नगरपालिका–२ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा जनमत पार्टीका उम्मेदवार विरेन्द्रकुमार साहले २२३ मत पाए । पहिलो पटक चुनाव लडेको पार्टीले त्यहाँ पुरानो पार्टी नेकपालाई पछाडि धकेल्दै तेस्रो स्थान प्राप्त गर्न सफल भयो । नेपाली कांग्रेसका विपिन पजियार सुडी ४६१ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भए भने राष्ट्रिय जनता पार्टी नेपालका बृजलाल साह सुडी ३५२ मत ल्याएर दोस्रो भए ।

नेकपाका कृष्णदेव साहले ९१ मत मात्र ल्याए । वडामा खसेको १ हजार १५४ मतमध्ये १ हजार १४० सदर मत रहेकोमा जपाले २२३ मत ल्याउनु ठूलो सफलता भएको जपाका महोत्तरी जिल्लाको अध्यक्ष समेत रहेका केन्द्रीय सदस्य सञ्जय स्वराजी यादवले बताए ।

बलबा नगरपालिका–८

 बलबा नगरपालिका–८ मा भएको वडाध्यक्ष पदमा जपाको जमानत जफत भएको छ । जपाकी उम्मेदवार फुलकुमारी देवीले ९ मत मात्र पाइन् । १ हजार २५८ मत खसेकोमा १ हजार २३१ मत सदर भएका थिए । वडाध्यक्षमा समाजवादी पार्टीका रामबाबु महतो ६५९ मत ल्याएर निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका निर्बल यादवले ३४६ मत र नेकपाका लक्ष्मेश्वर यादवले २ सय ११ मत ल्याए । राजपाले उम्मेदवारी दिएको थिएन ।

पिपरा गाउँपालिका

महोत्तरीकै पिपरा गाउँपालिका अध्यक्ष पदका लागि जपाका उम्मेदवार अन्जनीदेवी मण्डलले ६१६ मत पाइन् । पिपरामा जपा पाँचौं स्थानमा आयो । नेकपाका विक्रम चौधरीले ३ हजार २४९ मत ल्याएर जिते भने समाजवादी पार्टीका रामजानकी यादवले ३ हजार ४१, राजपा नेपालकी रविता कुमारीले २ हजार ९८६ र नेपाली कांग्रेसका विजयकुमार यादवले १ हजार ९३५ मत ल्याए ।

मटिहानी नगरपालिका–६

महोत्तरीको मटिहानी नगरपालिका–६ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा जपाले उम्मेदवार नै उठाएको थिएन । जपाका केन्द्रीय सदस्य सञ्जय स्वराजिले भने, ‘वडामा पार्टीको संगठन नै नबनेको तथा उम्मेदवार नै नपाएको कारण उम्मेदवारी नै उठाउन सकिएन ।’

वडामा राष्ट्रिय जनता पार्टी नेपालका रामबाबु नायक ३७५ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका मोहम्मद जाकिर अन्सारीले ३५५, नेपाली कांग्रेसका सञ्जयकुमार महतोले २४ मत ल्याए ।

हरिपूर्वा नगरपालिका–१

सर्लाहीको हरिपूर्वा नगरपालिका–१ मा भएको वडाध्यक्ष पदको निर्वाचनमा जपाका उम्मेदवार दिनेश यादवको जमानत नै जफत भएको छ । उनले ५२ मत मात्र ल्याए । वडामा जपाले पुरानो पार्टी नेपाली कांग्रेसलाई भने पछाडि पारेको छ । नेपाली कांग्रेसका उम्मेदवार रामप्रित पासवानले २३ मत मात्र पाए । समाजवादी पार्टीका श्यामबाबु रायले ३ सय ४७ मत ल्याएर जिते भने निकटतम प्रतिद्वन्द्वी नेकपाका दोस मोहम्मद अन्सारी र राजपाका राम विश्वास रायले समान ३२८ मत ल्याए । १ हजार ९३ मत खसेकोमा १ हजार ७८ मत सदर भएका थिए ।

गढीमाई नगरपालिका–२

रौतहटको गढीमाई नगरपालिका–२ को वडाध्यक्ष पदको उपनिर्वाचनमा जपाले जमानत समेत जोगाउन नसकेर लज्जास्पद परिणाम ल्यायो । जपाका उम्मेदवार राधेश्याम साह बनियाँले १२ मत मात्र पाउन सकेको छ । नेपाली कांग्रेसका दिपेन्द्र श्रेष्ठले ७७१ मत ल्याएर जिते भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका जवार मियाले ५९६ मत ल्याएका छन् । समाजवादी पार्टीका दिनेश दासले १२२ मत, राजपाका विजय महतोले १६ मत ल्याए । 

बारागढी गाउँपालिका–१

बाराको बारागढी गाउँपालिका–१ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा जपाका उम्मेदवार शंकरकुमार चौधरीले ३ मत मात्र ल्याए । त्यहाँ समाजवादी पार्टीका सुरेशप्रसाद चौधरीले ७४९ मत ल्याएर जिते भने निकटतम प्रतिद्वन्द्वी नेकपाका शंकरप्रसाद चौधरीले ६७२ मत ल्याए । नेपाली कांग्रेसकी तस्विरिया थरुनीले ४७१ मत र राजपा नेपालका बैजनाथप्रसाद चौधरीले २४ मत ल्याए ।

सखुवा प्रसौनी गाउँपालिका–५

पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ मा भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा जपाले उम्मेदवार नै उठाउन सकेन । वडाध्यक्षमा समाजवादी पार्टीका रुपलाल यादवले १ हजार ३१ मत ल्याएर जिते भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका असेशरप्रसाद यादवले ८१९ मत ल्याए । नेकपाका उदयशंकर प्रसाद रौनियारले २३२ मत ल्याए । राजपाले पनि वडामा उम्मेदवार उठाएको थिएन ।

कल्याणपुर नगरपालिका–१२

सिरहाको कल्याणपुर नगरपालिका–१२ मा वडाध्यक्ष पदको उपनिर्वाचनमा जपाले जमानत जोगाउन सकेको छैन । जपाका उम्मेदवार मोहम्मद अताउल रहमानले १६० मत मात्र पाए । वडामा नेकपाका दिलिपकुमार यादव ८२५ मत ल्याएर जिते भने निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका प्रदीपकुमार महतोले ६५४ मत ल्याए । 

नेपाली कांग्रेसका राजकुमार मुखियाले ६१५ मत ल्याए । जपा चौथो स्थानमा रह्यो तर जपाभन्दा पनि धेरै पछाडि समाजवादी पार्टी रहेको छ । समाजवादी पार्टीका किशोरी साहले १० मत मात्र ल्याए ।

रक्सी, मासु र पैसा बाँडेर मत किनबेच गरे : स्वराजी

जपाका केन्द्रीय सदस्य सञ्जय स्वराजीले पहिलो पटक निर्वाचनमा सहभागी भएकाले केही समस्या भएपनि आउँदो निर्वाचनमा जपाले राम्रो परिणाम ल्याउने बताए । ‘सत्तापक्षका मन्त्रीदेखि नेताले निर्वाचन आचारसंहिताको घोर उल्लंघन गरेका थिए । पैसाको खोलो बगाएका थिए । रक्सी, मासु आदि बाँडेर पैसा बाँडेर मत किनबेच गरे,’ उनले भने, ‘जपाले ती सबै काम नगरेर साधारण तरिकाले जनताबीच पुगेर मत ल्याएको हुनाले जे मत आएको छ, त्यहीँ हाम्रो लागि सम्मानित मत हो । आउँदो दिनमा हामी अर्को चुनावमा ५ वर्षकै लागि जित्नेछौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

स्वधर्मको अनुयायी कसरी बन्ने ?

स्वधर्मको अनुयायी कसरी बन्ने ?

चैत ३, २०८०

स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

चैत १, २०८०

गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

x